×

तरलता समस्या समाधानउन्मुख

पुस २१, २०७८

वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार तीन सातासम्म नेपाली मुद्रा बचतमा स्थिर रहेकोमा गत साता २० अर्ब बढी नेपाली मुद्रामा निक्षेप संकलन भएको छ । विदेशी मुद्रामा क्रमिक रूपमा घट्न थालेकाले भने समग्रमा गत साता १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत साता १४ अर्ब निक्षेप संकलन हुँदा कर्जा ११ अर्ब रुपैयाँ प्रवाह भएको छ ।


Advertisment

संघको तथ्यांकअनुसार १६ पुससम्ममा बैंकहरूको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको निक्षेप संकलन ९ पुससम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ थियो । गत साता बैंकहरूको स्वदेशी मुद्रा (लोकल करेन्सी)को निक्षेप २० अर्ब रुपैयाँले बढेकोमा विदेशी मुद्रा (फरेन करेन्सी)को निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ ।


Advertisment

पुसको दोस्रो साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप तेस्रो सातासम्म आइपुग्दा १४ अर्ब रुपैयाँले बढेको हो ।

पुस पहिलो साता बैंकको कर्जा प्रवाह १ अर्ब रुपैयाँ रहेको थियो भने दोस्रो साता ३ अर्ब मात्र प्रवाह गरिएको थियो । दोस्रो साता ४ अर्ब निक्षेप संकलनमा कमी हुँदा ३ अर्ब मात्र कर्जा प्रदान गरिएको थियो ।

पुसको पहिलो साता स्वदेशी मुद्रामा ४१ खर्ब २८ अर्ब निक्षेप रहेकोमा गत सातासम्ममा ४१ अर्ब ४८ अर्ब पुगेको छ । विदेशी मुद्रा निक्षेप भने १ खर्ब ११ अर्बबाट घटेर दोस्रो साता १ खर्ब ७ अर्बमा सीमित हुँदै तेस्रो सातामा आइपुग्दा १ खर्ब १ अर्बमा सीमित भएको छ ।

कर्जामा पनि विदेशी मुद्रामा घट्दै गएको छ । पहिलो साता १ खर्ब ४८ अर्ब वैदेशिक मुद्रामा कर्जा रहेकोमा दोस्रो साता १ खर्ब ३५ अर्बमा सीमित हुँदै गत सातासम्म आइपुग्दा १ खर्ब २५ अर्ब मात्र वैदेशिक मुद्रामा कर्जा बाँकी रहेको छ ।

यो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा पैसा फर्किन थालेको छ । चरम तरलता अभाव भोगिरहेका बैंकहरूमा पैसा विभिन्न माध्यमबाट आउन थालेपछि कर्जा–निक्षेप अनुपात पनि घट्न थालेको छ । अहिले बैंकको सीडी रेसियो ९१.०२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।

स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्ब रुपैयाँ थपिने भएपछि सीडी रेसियो अझ घट्ने भएको छ । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x