×

NMB BANK
NIC ASIA

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

पुस २५, २०७८

NTC
Premier Steels

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो ।

Muktinath Bank

प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल, झापा अध्यक्षमा दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम अध्यक्षमा तेजमान कन्दङ्वा, पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी र भोजपुर अध्यक्षमा शरण राई र खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 मोरङ र झापामा भने पदाधिकारी टुंगो लागेपनि सदस्यको भने टुंगो लागिसेकेको छैन । ताप्लुेजुङ्गमा भने सहमतिको प्रयास असफल भएपछि केन्द्रको निर्णय कुरेर नेताहरु बसेका छन् । ताप्लेजुङमा एमाले पार्टी सचिवसमेत रहेका योगेश भट्टराई निकटका बल बहादुर सामसोहाङ  र ओली निकटका भुुपेन्द्र थेवे आकांक्षी बनेपछि सहमतिको प्रयास असफल भएको हो  ।  


Advertisment
Nabil box
Kumari

प्रदेश कमिटी अध्यक्ष न्यौपानेका अनुसार इलाममा चुनावपछि अहिले मतगणना जारी रहेको छ। उदयपुरमा सहमतिको प्रयास भइरहेको छ भने ओखलढुङ्गामा मतदान भइरहेको छ । सुनसरीमा भने २७ गतेलाई मतदानको मिति तय गरिएको अध्यक्ष न्यौपानेले बताए  । सुनसरीमा अध्यक्षमा तिनजना प्रतिष्पर्धामा उत्रिएका छन । रेवती रवण भन्डारी, खेमराज पोखल्रे र द्वारीकलाल चौधरी चुनावी प्रतिष्पर्धामा होमिएका हुन् । यस्तै उपाध्यक्षमा निलम खनाल, नन्द बस्नेत र लिलम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

Vianet communication

 सचिवमा परशुराम यादव र शत्रुधन यादवले उम्मेदवारी दिएका छन् । दुई जना उपसचिवका लागि ७ जनाले उमेदवार दिएको निर्वाचन समितिका संयोजक गोविन्द मिश्रले बताए । उपसचिवमा राम कोइराला, यज्ञराज खड्का, पदम प्रसाद लिम्बु, तहरुमाया जिमि, अन्जनी पोख्रेल र लोकेश निरौलाले मनोनयन दर्ता गराएका छन । १ सय ३५ सदस्य जिल्ला कमिटीका लागि ३ सय भन्दा वढीको उम्मेदवारी परेको छ ।
कुल १४ जिल्ला रहेको प्रदेश १ मा संखुवासभामा भने अधिवेशन भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x