×

NMB BANK
NIC ASIA

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

पुस २७, २०७८

NTC
Premier Steels

नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन शुरू भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो ।

Muktinath Bank

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको छ । जाजरकोटमा मतदान जारी छ । यहाँ अध्यक्ष पदमा करवीर शाही र खिमबहादुर शाहीबीच प्रतिस्पर्धा छ ।


Advertisment
Nabil box
Kumari

कालिकोटमा शनिबारबाट अधिवेशन शुरू भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश अध्यक्ष शाहले बताए। मुगुमा मङ्गलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ । सुर्खेत र दैलेखमा आज बिहान मतदानको समय तोकिएको छ ।

Vianet communication

सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको तर उम्मेदवारी फिर्ताको समय बढाउन दबाब परेपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ । संशोधित निर्वाचन तालिका अनुसार यहाँ आज बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान शुरू हुनेछ । सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग–अलग उम्मेदवार छन् । 

बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी छन्। त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x