बैशाख २८, २०७९
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ । नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०...
मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको चर्चा भइरहेका बेला अर्थ मन्त्रालयले भने बाहिर चर्चा भएजस्तो अर्थतन्त्रका सूचक खराब नभएको दाबी गरेको छ ।
अर्थ मन्त्रालयले सोमवार प्रेस नोट जारी गरेर सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क सार्वजनिक गरेको हो ।
पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकअनुसार, आम्दानीतर्फ धनात्मक अवस्था देखिएको र खर्चमा भने उतारचढाव देखिएको अर्थ मन्त्रालयले बताएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको छ ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व संकलन भएको अर्थ मन्त्रालयले बताएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ४ दशमलव १८ प्रतिशतले राजश्व संकलन बढेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था उस्तै रहेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।
यस्तै, चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको अर्थ मन्त्रालयले बताएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशतले कम हो ।
प्रतिस्थापन बजेट ल्याइएको र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयको प्रस्टीकरण छ ।
समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।
यस्तै, चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको अर्थ मन्त्रालयले बताएको छ ।
वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करीब दोब्बर बढी भएको अर्थ मन्त्रालयको दाबी छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ । नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०...
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्...
लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता ...
प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको सोमवार भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दिगो आर्थिक विकासको आध...
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...
सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...