असार २३, २०७९
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान शुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान शुरू गरिए...
काठमाडाैं | माघ ११, २०७८
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको सशक्त दावेदार रहेको सन्देश दिन भ्याए । अर्का नेता जनार्दन शर्मा पनि महासचिवको दौडमा रहेका बेला पुनले यस्तो सन्देश दिएसँगै सो पार्टीमा महासचिव चयन गर्न थप सकस पर्ने देखिएको छ ।
पुस तेस्रो साता महाधिवेशनको समापन गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटी र त्यसलगत्तै केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको छैन । नेताहरुको व्यवस्थापनमा समस्या भएपछि हालसम्म पनि माओवादीले पदाधिकारी चयन गर्न नसकेको हो । अध्यक्ष प्रचण्डले सहमतिमै पदाधिकारी चयन गर्ने बताउँदै आएका छन् ।
यहीबीचमा पुनले आफू यसअघि नै सचिव भइसकेकाले महासचिवको स्वाभाविक दाबेदार भएको बताएका हुन् । उनले आफू स्वास्थ्यको हिसावले पूर्णरुपमा ठीक भएको पनि बताएका छन् भने सहमति नभएको खण्डमा चुनावको फेस गर्न तयार रहेको बताएका छन् ।
‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु’, उनले भने, ‘पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।’
यसअघि पुनले चीनबाटै पनि महासचिवमा दावी गरेका थिए । माओवादीले पदाधिकारी चयन गर्ने प्रयोजनका लागि आगामी माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । त्यसका लागि आवश्यक तयारी गर्न प्रचण्डले गत शुक्रबार नै सर्कुलरमार्फत निर्देशन दिइसकेका छन् ।
००००
अध्यक्षमा प्रचण्डलाई टक्कर दिने नेता कोही नदेखिएकाले उनी ‘निर्विकल्प’ अध्यक्ष बने । तर महासचिवमा भने उनकै विश्वासपात्र नेताहरुसहितका आकांक्षी रहेकाले व्यवस्थापन गर्न सकस परेको छ । महासचिवको दौडमा जनार्दन शर्मा, वर्षमान पुन सबैभन्दा अगाडि छन् तर दुबै नेता प्रचण्डका विश्वासपात्र हुन् । उनीहरुलाई मिलाउन प्रचण्डलाई सकस पर्ने निश्चित देखिएको छ । कि त चुनावमा जानुपर्यो कि त प्रचण्डले एकलाई चिढ्याउनु पर्ने अवस्गा छ, यही दोसाँधमा प्रचण्ड रहेको नेताहरुको भनाइ छ । यस्तै विकल्पमा प्रचण्डले सहमतिमै पम्फा भुसाल, कृष्ण बहादुर महरा, देव गुरुङ वा शक्ति बस्नेत मध्येबाट एकलाई महासचिव छान्न सक्ने बाटो पनि छ । महासचिवलाई भावी अध्यक्षका रुपमा समेत हेरिने गरिएकाले पनि नेतृत्व निर्माणको चरणमा यो सवाल पेचिलो बनेको हो ।
माओवादीको महासचिव छान्न सकसबारेको यो समाचारसहित लोकान्तर राउण्ड अपमा स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी पछिल्लो २४ घण्टाका प्रमुख समाचारलाई समेट्ने गर्छौँ ।
अन्य अन्य समाचार शीर्षकः
नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउनका लागि डा। शेखर कोइरालाले आफू निकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।
००००
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६५९ छ । मन्त्रालयका अनुसार थप २५४० जना संक्रमणमुक्त भएका छन् ।
००००
शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् ।
सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो ।
००००
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रूपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले सोमवार आईओसीलाई १३ अर्ब २० करोड पठाएको छ ।
००००
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
००००
नेपाल सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको २० औँ स्मृति दिवस तराई मधेसका जिल्लाहरुमा मनाइएको छ । अनिल महासेठ संयोजक रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले ‘मधेस प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाएको हो ।
००००
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रको लगानी दुई गुणाले बढाउन आग्रह गरेका हुन् ।
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान शुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान शुरू गरिए...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शे...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समयमै घोषणापत्र बनाउने बताएका छन् । त्यसका लागि हेडक्वार्टरमा सुझाव दिन उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई आग्रह समेत गर...
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्न...
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेको छ । झलनाथ खनाल नेतृत्वको तत्कालीन एम...
निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...