×

NMB BANK
NIC ASIA

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

माघ १२, २०७८

NTC
Premier Steels

राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ ।

Muktinath Bank

तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अमर विष्टले रञ्जु प्याकुरेल  मैदानमा छन् । 

Vianet communication

यस्ता छन् प्रदेश १ का उम्मेदवार उम्मेदवार 
गुरु बराल एमाले पार्टी स्थायी कमिटी सदस्य हुन् । अखिलको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति यात्रा सुरु गरेको बराल २०२९ सालमा साजिलाल मावि दुलारीबाट अखिल सचिव हुँदै उनले राजनीति यात्रा तय गरेका थिए ।

उनी २०५१ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट एमालेबाट विजयी भएका थिए । बराल राजनीतिमा एमाले अध्यक्ष केपी ओलीका समकालीन हुन् । 

उनी २०४९ सालको पाँचौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छन् । नेता बराल जबजको सैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रूपमा चिनिन्छन् ।

एमालेबाट महिला कोटामा उम्मेदवारी दिएकी झापा दमक नगरपालिका ५ कि  निवासी सुमित्रा ओलीको गृह नगर दमककी निवासी भण्डारी यसअघिको ओलीको सरकारको पालामा डेनमार्कका लागि राजदूतमा सिफारिस भएकी थिइन् ।

विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकी भण्डारीले २०३६ सालमा सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अखिलको सङ्गठित सदस्य भएर कम्युनिस्ट राजनीतिमा उनी होमिएकी थिइन् । 

त्यसैगरी एमालेबाट अल्पसङ्ख्यक तर्फ उम्मेदवारी दिएका सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बुका हुन्। प्रतिनिधि सभाको लागि समानुपातिकमा समेत उनको नाम सिफारिस भएको थियो । 

पाँच दलीय गठबन्धनका तर्फबाट खुल्ला तर्फको उम्मेदवारी दिएका झापाका गोपाल बस्नेत कांग्रेस झापाका पूर्व सचिव हुन् भने कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए ।

शेरबहादुर देउवाले अघिल्लो पटक  प्रधानमन्त्री भएको समयमा बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । 

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउने र तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार तत्कालीन समयमा सरकारले बस्नेतको नाम राष्ट्रपतिलाई सिफारिस गरे पनि उनको नाम काटिएको थियो ।

त्यसै गरी गठबन्धन भित्रको एकीकृत समाजवादी पार्टीले महिला कोटाबाट जयन्ती राईले उम्मेदवारी दिएकी छिन् ।

भोजपुर निवासी राई एकीकृत समाजवादी पाटीको उपाध्यक्ष एव महिला फाँट इन्चार्जको जिम्मेवारीमा छिन् ।

२०३६ सालबाट विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा होमिएकी राई एमालेको आठौँ महाधिवेशनपछि लगातार केन्द्रीय सदस्य भएकी थिइन । उनले एमाले विभाजन हुँदा नेकपा एस रोजेकी थिइन्। 

अल्पसङ्ख्यक कोटामा हेमराज थुलुङ राई जनता समाजवादी पार्टीका  केन्द्रीय कार्यकारी समितिका सदस्य एव पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख समेत भएका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका राई २०५५ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वको पालमा तत्कालीन वामदेव गौतमको नेतृत्वको मालेबाट सरकारमा सामेल भएका थिए । योसँगै उनी ०४८ र ०५१ मा प्रतिनिधि सभा सदस्य भएका थिए ।

यसै गरी प्रदेश १ मा मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर विष्ट पञ्चायत काल देखिनै राजनीतिमा सक्रिय छन् ।  विष्ट राप्रपाको केन्द्रीय सदस्य हुन् । 

उनी तत्कालीन समयमा गाउँ पञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।।

राप्रपाबाट महिला कोटामा उम्मेदवारी दिएकी रञ्जन प्याकुरेल पनि झापा बिर्तामोड ३ कि हुन् । उनी पनि लामो समयदेखि राप्रपामा आबद्ध भएर नेपाली राजनीतिमा सक्रिय छिन् ।

कसको कति छ मतभार ?
स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ मुल्याहा गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवा गढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएपछि स्थानियतको दुई पद खाली रहेको छ । 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मत भार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मत भार ४ हजार ८९६ गरी जम्मा मत भार ९ हजार ३१२ रहेको छ  । 

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मत भार रहेको छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मत भार ४ हजार ६६८ छ । 

गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६, नेकपा (माओवादी केन्द्र) को १ हजार ८, नेकपा (एकीकृत समाजवादी)को ६६०, जनता समाजवादी पार्टीको २१६ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मत भार रहेको छ ।

प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मत भार रहेको छ । 

नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष ७९ तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मत भार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५५६ मत भार रहेको छ ।

यसै गरी नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मत भार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मत भार १००८ गरी जम्मा मत भार २ हजार ७३६ छ ।

नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् । माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मत भार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मत भार २८८ सहित माओवादीको जम्मा मत भार १ हजार ८ छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ४ जना तथा उपप्रमुख र उपाध्यक्ष ६ जनाको मत भार १८० रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मत भार ६६० रहेको छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मत भार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मत भार रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x