×

NMB BANK
NIC ASIA

प्रदेश १ मा गठबन्धनभित्र एमाले प्रभाव : मतभार कम हुँदा पनि कसरी विजयी भए सोनाम ?

माघ १२, २०७८

NTC
Premier Steels

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा  सत्ता गठबन्धनभित्र अन्तर्घात भएको छ । त्यसको फाइदा प्रतिपक्षी दल एमालेलाई भएको छ । 

Muktinath Bank

प्रदेश १ मा गठबन्धनका उम्मेदवार हेमराज राई थुलुङ पराजित भएका छन् भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको हो । दुवैले समान ४ हजार ४८८ मत पाएका थिए । तर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी भए ।


Advertisment
Nabil box
Kumari

अल्पसंख्यकतर्फका उम्मेदवार एवं जनता समाजवादी पार्टीका नेता हेमराज राई थुलुङलाई एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका छन् । 

Vianet communication

प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले अगाडि थियो । 

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता थिए । 

३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त थियो ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार थियो । 

४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ थियो । एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले पछाडि थियो ।

निर्वाचनको क्रममा खसेको चार मत बदर हुँदा एमालेलाई फाइदा पुगेको थियो । 

गठबन्धनको मत पनि एमालेले तान्न सफल भएको छ । 

बाँकी ६ वटै प्रदेशमा नतिजा निकाल्न नसकेको एमालेले प्रदेश १ मा भने एक सिट हात पार्‍यो ।

गठबन्धनमा रहेका पार्टीका सांसद र स्थानीय तहका प्रमुख/उप–प्रमुखले गठबन्धनको पक्षमा इमान्दारितपूर्वक मत हालेको भए एमालेले राष्ट्रिय सभामा एउटा सिट पनि जित्ने अवस्था थिएन ।

तर, एमालेले गठबन्धनबाट मत तानेर जित निकाल्न सफल भएको छ । 

आज भएको मतदानमा प्रदेश १ मा एक प्रदेश सांसद सहित तीन मतदाताले भोट हालेका थिएनन् । त्यसमा पनि एमालेकै सांसद मतदानमा अनुपस्थित भएका थिए ।

एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित गुलेफन खातुन मतदानमा सहभागी भएकी थिइनन् । 

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागी भएनन् ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की पनि मतदानमा गइनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x