जेठ २, २०८१
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले पैसा लिएको भन्दै सात दिनमा नौ जनाले उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क उपचार भए/नभएको भन्दै उजुरी दिन सूचना जारी गरेपछि आइतबार अन्तिम दिनसम्म नौ जनाको उजुरी परेको हो ।
९६६ जनाको उपचार गरेको र उनीहरूबाट १० करोड ९५ लाख आठ हजार रुपियाँ माग दाबी गर्दै चितवन मेडिकल कलेजले सरकारसँग भुक्तानी माग गरेको छ ।
सरकारले निःशुल्क उपचार गर्न भने पनि अस्पतालले कोरोना सङ्क्रमितसँग पैसा असुलेको पीडितले बताएका छन् ।
उजुरी हाल्नेमध्ये गोरखाका विष्णु श्रेष्ठले भने, “पैसा नदिई अस्पतालले कसैलाई उपचार गरेको छैन र कोभिड भएका सबै चर्को रकम तिर्न बाध्य भएका छन् । ”
दाजु रामलाल श्रेष्ठलाई गत जेठ २ गते उपचारका लागि अस्पतालमा लगेका श्रेष्ठले कोभिड देखिएपछि हरेक दिन रगत परीक्षण गर्न लगाउने र हरेक पटकको परीक्षणमा चार हजारदेखि छ हजार रुपियाँसम्म लिने गरेको बताए ।
“मृत्यु भइसकेको थाहा पाएर पनि भेन्टिलेटरमा राख्ने र दुई दिनपछि मृत्यु भयो भनेर जानकारी दिने गरेका थिए,” श्रेष्ठले भने । उनले भने, “मेरो दाजुको अबस्था गम्भीर छ भन्दै पाँच दिन भेन्टिलेटरमा राखेर अन्तिममा मृत्यु भयो भनेर जानकारी दिइयो । ”
हामीले आश मारिसकेका थियौँ, अवस्था के छ भनेर जानकारी दिन दबाब दिँदासमेत चुप लागेर बसे । पछि दाजुको जेठ २० गते मृत्यु भएको जानकारी दिइयो । मृत्युको प्रमाणपत्र लिँदासमेत हृदयाघातबाट मृत्यु भएको भन्दै झुटो कागज बनाएर हैरानी दिएको दुःखेसो उनको छ ।
उनले कोभिड भएर भेन्टिलेटरमा उपचार गर्न गएकाहरू थोरै मात्र निको भएको आफूले देखेको बताए । “मैले तीन लाख रुपियाँ तिरेको दाबीसहितको उजुरी गरेको छु, अन्य बिल पनि सुरक्षित छ,” उनले भने, “प्रशासन कार्यालयबाट न्याय पाइएन भने अख्तियारमा पनि उजुरी हाल्नेछु । ”
गत वैशाखमा आमालाई कोभिडको उपचार गराउन अस्पताल लएका भरतपुर महानगरपालिकाका हरिशचन्द्र बानियाँले उपचारपछि १० दिनमा तीन लाख रुपियाँ तिरेर आमालाई घरमा ल्याए । उनले बिल भुक्तानी गरे पनि अस्पतालले निःशुल्क उपचार गराएको भन्दै सरकारसँग माग दाबी गरेको छ ।
सञ्चार माध्यममा समाचार आएपछि आफूले प्रशासनमा उजुरी हालेको जानकारी बानियाँले दिए । उनी मात्र होइन, सिराहाका मनोज सिंह, भरतपुरका हिमालक्ष्मी भट्ट, कृष्ण भण्डारी, तेज प्रजापति, सरोेज सिलवाल, चितवन खैरहनीका भीमबहादुर क्षेत्री, बाराको जितपुर सिमराका केशवप्रसाद न्यौपाने र गोरखाका विष्णु श्रेष्ठले प्रशासनमा उजुरी दिएका छन् । गोरखापत्र दैनिकमा शालिग्राम नेपालले खबर लेखेका छन्।
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...