×

NMB BANK
NIC ASIA

चीनको सफ्ट पावर प्रदर्शन

बेइजिङ ओलम्पिक: कोभिड र कूटनीतिक बहिष्कार चिर्दै एकध्रुवीय विश्व व्यवस्था पतनको सन्देश

माघ २०, २०७८

NTC
Premier Steels

शुक्रवार (४ फेब्रुअरी) देखि चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक शुरू हुन गइरहेको छ । सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले १४ वर्षको अन्तरालमै शीतकालीन ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाएको छ । 

Muktinath Bank

यस १४ वर्षमा चीनको राजनीति तथा रणनीतिमा आएको परिवर्तन रोमाञ्चक छ । सन् २००८ विश्व राजनीतिमा देखिन थालेको परिवर्तनको सूचक वर्ष हो । चीनका लागि भारतका पूर्व राजदूत विजय गोखलेका अनुसार, त्यस वर्ष दुईवटा महत्त्वपूर्ण घटना भए जसबाट चीन विश्व मञ्चमा सशक्त रूपमा उभिएको सन्देश गयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो, तङ स्याओपिङको सुधार तथा खुलापनको नीतिका कारण चीनले दुई दशक लगातार दोहोरो अंकको आर्थिक वृद्धि गर्न सकेको थियो । त्यही वृद्धिका कारण बलियो र धनी बनेको चीनको सम्मानलाई ओलम्पिकको भव्य आयोजनले थप उचाइमा पुर्‍यायो । 


Advertisment
Nabil box
Kumari

दोस्रो, त्यही वर्ष विश्वव्यापी आर्थिक मन्दीले पश्चिमको अर्थतन्त्रलाई डामाडोल बनाइदियो र पश्चिमप्रति बाँकी विश्वको भरोसा पनि तोडिदियो । 

Vianet communication

त्यसो त आर्थिक मन्दीले चीनलाई पनि नकारात्मक असर पारेको थियो । बैंकिङ क्षेत्रमा खासै असर नपरेको भए पनि बेरोजगारीमा व्यापक वृद्धि भएको थियो । तर त्यसबाट विचलित नभई चीनले विश्व अर्थतन्त्रलाई चलायमान राख्नका लागि लगभग १० खर्ब डलरका रूपमा विशाल लगानी गर्‍यो । 

चीनले आर्थिक वृद्धिको बलमा यसरी विश्वमा सश    क्त हस्तक्षेप गर्न सकिएको र सफ्ट पावर पनि बढेको थाहा पाएपछि अब आफ्नो युग शुरू भएको अनुभव गर्न थाल्यो । अनि सन् २०१२ मा सी चिनपिङ राष्ट्रपति बनेपछि चीनले आफ्नो उदयको घोषणा विश्व मञ्चमा सशक्त रूपमा गर्न थाल्यो । 

तङको ‘शक्ति लुकाऊ, समयलाई पर्ख’ नीतिलाई परित्याग गर्दै चीनले आफ्नो जायज अडान राख्न थालेपछि चीनका विरोधीहरूले यसलाई आक्रामकता तथा ‘वुल्फ वारियर डिप्लोमसी’को संज्ञा दिन थाले । 

ग्रीष्मकालीन ओलम्पिकबाट शीतकालीन ओलम्पिकसम्म आइपुग्दा चीनको कुल गार्हस्थ्य उत्पादनमा दोब्बर वृद्धि भएको छ । पश्चिमी सञ्चारमाध्यमहरूले चीनको आक्रामकताका कारण उसप्रतिको दृष्टिकोण नकारात्मक रहेको भनी दाबी गरे पनि वास्तविकता त्यसभन्दा फरक देखिन्छ । 

पश्चिमको आपूर्ति प्रणालीमा निर्भर रहेको बाँकी विश्वले पश्चिमका विभिन्न बाध्यकारी शर्त पालन गर्नुपर्ने अवस्थामा चीनले त्यसभन्दा राम्रो विकल्प उपलब्ध गराइरहेकाले चीनप्रति बहुसंख्यक राष्ट्रको छवि सकारात्मक नै देखिन्छ । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा १३८ मुलुकहरू सहभागी हुनु त्यसैको उदाहरण हो ।

अनि विरोधीहरूले जतिसुकै गिल्ला गरे पनि चीनले आन्तरिक तथा बाह्य व्यवस्थापनमा लगातार सफलता पाउँदै गएको देखिन्छ जसबाट उसको छवि थप चम्किलो बनेको छ । कोभिडको छायाँमा हुन लागेको शीतकालीन ओलम्पिकमार्फत चीनले आफ्नो उदयको थप दाबीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ । 

कोभिड व्यवस्थापनमा चीनले अपनाएको लकडाउन र व्यापक परीक्षण मोडल संसारभरि लागू गरिनु चीनको सफलताको अर्को उदाहरण हो । पश्चिमी मुलुक, विशेषगरी अमेरिकामा कोभिडका कारण व्यापक मानवीय क्षति हुँदा चीनले संक्रमण तथा मृत्युदरलाई नियन्त्रणमा राख्न सक्यो । अहिले ऊ ‘जिरो कोभिड’ नीतिका साथ अघि बढिरहेको छ ।

त्यसमाथि चीनले कोभिडकालमा संसारभरि स्वास्थ्य सामग्री र खोपहरू उदारतापूर्वक वितरण गरेको छ । अमेरिका र पश्चिमले खोपप्रति संशय गर्ने आफ्ना जनतालाई विश्वस्त तुल्याउन चाहिँ नसक्ने तर खोप सञ्चय गरेर राख्ने निर्णय लिएर ‘खोप विभेद’ (भ्याक्सिन अपार्टहाइड) नीति लिइरहँदा चीनले एसिया, अफ्रिका र दक्षिण अमेरिकामा आफ्ना खोपहरू वितरण गरेको थियो । यसरी चीनले निःशर्त रूपमा खोप उपलब्ध गराएर सफ्ट पावरको उम्दा उदाहरण प्रस्तुत गर्‍यो । 

कोभिड व्यवस्थापनकै सिलसिलामा शीतकालीन ओलम्पिकमा ‘क्लोज्ड लूप’ प्रणाली अपनाएर खेलाडीहरूलाई सर्वसाधारणको पहुँचबाहिर राखिएको छ । यस बारेमा केही जानकारी पंक्तिकारले पाएको छ । ओलम्पिकका विषयमा चाइना इन्टरनेसनल कम्युनिकेसन्स ग्रुपद्वारा आयोजित कल्चरल स्यालूनमा सहभागी हुने अवसर पंक्तिकारले पाएको थियो । 

जसरी सन् २००८ को ओलम्पिकले विश्व मञ्चमा चीनको सशक्त उपस्थितिको घोषणा गरेको थियो, त्यसैगरी सन् २०२२ को ओलम्पिकले एकध्रुवीय विश्वको पतनको सन्देश दिने देखिन्छ । विगत १४ वर्षमा चीन लगातार बलियो बन्दै गएको र बहुध्रुवीय विश्वको अपरिहार्य केन्द्र बन्दै गएको उदाहरण ओलम्पिक आयोजनले दिने देखिन्छ ।

उक्त भर्चुअल स्यालूनमा बेइजिङ आयोजक समितिका मिडिया यान्ड कम्युनिकेसन्स डिपार्टमेन्टका अधिकारी सुन बिनले क्लोज्ड लूपका बारेमा विस्तृत वर्णन गरेका थिए जसबाट शीतकालीन ओलम्पिकमा खेलाडीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइने स्पष्ट हुन्छ । 

केही महिनाअघि मात्र जापानको राजधानी टोक्योमा आयोजित ग्रीष्मकालीन ओलम्पिक पनि कोभिडकै छायाँमा भएको थियो र कुनै दुर्भाग्यपूर्ण घटना विना नै सफलतापूर्वक सम्पन्न भएको थियो र बेइजिङले पनि त्यस्तै सफलता हात पार्ने विश्वास गर्न सकिन्छ । 

यति हुँदाहुँदै पनि बेइजिङमा केही खेलाडी र अधिकारीलाई कोभिड लागेको खबर पनि आएको छ । तर त्यसको समुचित व्यवस्थापन गर्दै खोप अभियान र नियमित परीक्षणमा जोड दिएको चीन सरकारले शीतकालीन ओलम्पिक पनि निर्विघ्नतापूर्वक सम्पन्न गर्न सक्ने आकलन छ । 

कोभिडको चुनौतीसँगै पश्चिमले गरेको कूटनीतिक बहिष्कारको चुनौती पनि बेइजिङ ओलम्पिकलाई आइलागेको छ । चीन सरकारले सिन्च्याङका वीगर मुुसलमानहरूको मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमले कूटनीतिक बहिष्कारको घोषणा गरेको हो । त्यो भनेको पश्चिमले ओलम्पिकमा खेलाडीहरू पठाउने तर कूटनीतिकर्मी तथा अधिकारी नपठाउने भनेको हो । 

पढ्नुहोस् यो पनि :

बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, के हासिल गर्न खोज्दैछ पश्चिम ?

तर कूटनीतिक बहिष्कार सांकेतिक मात्र भएको र यसले कुनै परिणाम हासिल नहुने धारणा अमेरिकाको बोस्टन युनिभर्सिटी पार्डी स्कूलमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा राजनीतिशास्त्रका प्राध्यापक जोसेफ फ्युस्मिथको मत छ । उनका अनुसार, ओलम्पिकको पूर्ण बहिष्कारले पनि चीनलाई कुनै फरक पार्दैन । 

उल्टो यसले चिनियाँहरूसँग ‘डील’ गर्न अमेरिकालाई गाह्रो पार्छ । अनि अमेरिकाले आफूलाई कमजोर बनाउन खोजेको भन्ने भाव चिनियाँहरूमा आउँछ र राष्ट्रवादी भाव जगाउन चिनियाँ कम्युनिस्ट पार्टीलाई सहज हुन्छ ।

चीनले ओलम्पिक खेललाई यसरी राजनीतीकरण गरिन नहुने बताएको छ । रुसले पनि बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कारको विरोध गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बहिष्कार अत्यन्तै गलत भएको र ओलम्पिक बडापत्रको बर्खिलाप समेत भएको बताएका छन् । 

ओलम्पिकको उद्घाटन समारोहमा पुटिन सहभागी हुनेछन् । समारोहमा पुटिन र सीबीच हुने वार्ताले दुई देशबीचको सम्बन्धलाई एक खुड्किलो माथि उकाल्ने अनि त्यसले विश्व राजनीतिमा बेग्लै तरंग ल्याउने कतिपय विश्लेषकहरूको मत छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले यसको संकेत दिएका छन् । उनका अनुसार, चीन र रुसबीचको पारस्परिक विश्वासमा कुनै छेकबार छैन, रणनीतिक सहकार्यमा कुनै निषेधित क्षेत्र छैन र दीर्घकालीन सम्बन्ध कतिसम्म चल्छ भन्ने कुनै सीमा छैन । उनको भनाइबाट पुटिन र सीबीच दीर्घकालीन परिणाम ल्याउने सहमति बन्न सक्ने आशय झल्किन्छ ।

अमेरिकाले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने अनि रुसका राष्ट्रपति चाहिँ त्यहाँ सशरीर उपस्थित हुने घटनाक्रमले विश्व राजनीतिमा आएको क्रान्तिकारी परिवर्तनलाई झल्काउँछ । अमेरिकाको एकध्रुवीयतालाई चुनौती दिन रुस र चीनबीचको सहकार्य थप बलियो बनेको संकेत यसले दिन्छ । 

अमेरिकालाई चीन र रुस दुई मोर्चाबाट एकैपटक यसरी चुनौती दिलाउने बाइडन प्रशासनको रणनीतिलाई विश्लेषकहरूले आलोचना गरेका छन् । 

जसरी सन् २००८ को ओलम्पिकले विश्व मञ्चमा चीनको सशक्त उपस्थितिको घोषणा गरेको थियो, त्यसैगरी सन् २०२२ को ओलम्पिकले एकध्रुवीय विश्वको पतनको सन्देश दिने देखिन्छ । विगत १४ वर्षमा चीन लगातार बलियो बन्दै गएको र बहुध्रुवीय विश्वको अपरिहार्य केन्द्र बन्दै गएको उदाहरण ओलम्पिक आयोजनले दिने देखिन्छ । पश्चिमको अर्थहीन बहिष्कारका बावजूद यस आयोजनले चीनको सफ्ट पावरलाई थप उचाइ दिने विश्वास गर्न सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x