×

NMB BANK
NIC ASIA

आईईई प्रतिवेदन स्वीकृत नहुँदा मयुरधाप औद्योगिक क्षेत्रमा भौतिक पूर्वाधार निर्माण ठप्प

माघ २४, २०७८

NTC
Premier Steels

संघीय वन तथा वातावरण मन्त्रालयले मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृत नगर्दा भौतिक संरचना निर्माण कार्य अलपत्र परेको छ ।

Muktinath Bank

हेटौंडा उपमहानगरपालिका–१३ मयुरधापमा निर्माण शुरू भएको मयुरधाप औद्योगिक क्षेत्रको आईईई प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम १ वर्षदेखि रोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणाधीन औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्न आनाकानी गरेको छ । 


Advertisment
Nabil box
Kumari

वन मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगर्दा भौतिक पूर्वाधार निर्माणले कार्यले गति लिन नसकेको हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्रप्रसाद कँडेलले  बताए ।

Vianet communication

‘गत वर्ष नै आईईई प्रतिवेदन पनि तयार गरी वन मन्त्रालयबाट स्वीकृति माग्दा मन्त्रालयले स्वीकृति दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडाको १६ नम्वर वडा र दक्षिणमा उत्तरपानी पर्ने ४ किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

२०७५ कात्तिक ५ गते मयुरधाप औद्योगिक क्षेत्र परियोजनाको लागि भन्दै कार्यालय पनि स्थापना गरिएको छ भने २०७७ फागुन १४ गते मयुरधाप औद्योगिक क्षेत्रको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले तारबारको काम शुरू गरेकोमा पर्सा राष्ट्रिय निकुञ्जले काम रोकेको छ । 

आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी अनुमति विना औद्योगिक क्षेत्र स्थापना गर्न खोजको भन्दै निकुञ्जले काम रोकेपछि शुरू भएको विवाद वन मन्त्रालय र भूमि सुधार मन्त्रालयमा पुगेर अड्किएको छ । वन मन्त्रालय र भूमि सुधार मन्त्रालयबीच भोगाधिकारको कुरा नमिल्दा निर्माण कार्य अलपत्र परेको कँडेलले बताए । १९९ विगाह १२ कट्ठा जमिन मयुरधाप औद्योगिक क्षेत्रलाई छुट्याई भोगाधिकार दिइएको छ तर औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन सकेको छैन ।

औद्योगिक क्षेत्रमा ७–१४ रोपनीसम्मका ६२ वटा प्लट छुट्याइएको थियो । पूर्वाधार विकासका लागि ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ लागतमा स्थापना हुने औद्योगिक क्षेत्रबाट १० हजार जनाले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x