×

स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम

फागुन १, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्–

इलामे सहर चियाबारी राम्रो


Advertisment

त्यहीँ प-यो घर हाम्रो


Advertisment

कसकी हौ छोरी, पातली मोरी

लैजाने दाउ हाम्रो....

इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ ।

इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि, भारतीय तथा अन्य मुलुकका पर्यटकको रोजाइसमेत इलाम बन्दै गएको छ । दार्जिलिङतिर दौडिएका पर्यटकको पाइला इलामतिर मोडिन थालेका छन् ।

इलाममा पछिल्लो समय कृषि पर्यटनको विकास भइरहेको छ । उच्च पहाडी पदमार्गको पहिचान, निर्माण र प्रवद्र्धन गरिँदै छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई भन्छन्, “इलामको पर्यटनलाई कृषिसँग जोड्दै पर्यटन पूर्वाधार विकासका काम गरिरहेका छौँ ।”

बादलको घुम्टोभित्र प्रायः लुकिइरहने इलामलाई ‘लजालु पहाड’ पनि भनिन्छ । त्यो घुम्टो उघ्रिएको बेला इलामको प्राकृतिक सौन्दर्यबाट नलोभिने को पर्यटक होला ? अध्यक्ष राई भन्छन्, “पूर्वेली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी इलामको पर्यटनमा विविधता खोज्ने प्रयास थालिएको छ । इलामेली स्वागत सत्कारबाट पनि पर्यटक पक्कै लोभिन्छन् ।”

उनका अनुसार इलाममा उत्पादन हुने अर्थोडक्स चियामात्र होइन अदुवा, अलैँची, अम्लिसो, जडीबुटी र व्यावसायिक पशुपालन अवलोकन र अध्ययन गर्न पनि नेपालभरबाट इलाम भित्रने पर्यटकको सङ्ख्या धेरै छ ।

इलाममा पर्यटन पूर्वाधारको विकासले समेत गति लिएको छ । पर्यटकीय गन्तव्यसम्म पुग्न पक्की सडक, हवाईमैदानको सुधार, सुविधासम्पन्न होटल, अस्पतालको स्थापना र सेवा वृद्धि, बिजुली विस्तारका साथ ग्रामीण क्षेत्रमा घरबासको विकासमा लगानी बढिरहेको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेत भन्छन्, “पर्यटकको यात्रा सहज, सुविधाजनक र सुरक्षित बनाउन पूर्वाधारमा पनि लगानी बढाइएको छ ।” गोरखापत्र दैनिकमा दीपक श्रेष्ठ र कोकिला ढकालले खबर लेखेका छन् ।

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x