×

NIC ASIA

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : पुनरकर्जा महँगियो, शेयर धितो कर्जामा थप कडाइ

फागुन ५, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पुनरकर्जा सुविधालाई २ प्रतिशत विन्दुले बढाएको छ । यस अघि कोभिड महामारीबाट पीडित व्यवसायीका लागि राष्ट्र बैंकले पुनरकर्जा सुविधा दिएको थियो । अब भने सीमित व्यवसायीलाई मात्रै दिने गरी मौद्रिक नीतिको समीक्षा भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार भएको छ । उक्त समीक्षाले उक्त समीक्षाबाट मार्जिन लोन (शेयर धितो कर्जा)मा कडाइ गर्ने र जोखिम भार बढाएर कर्जा नियन्त्रण गर्ने समेत भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि अनुत्पादक क्षेत्र, शेयर धितो र आयातमा कडाइ हुने गरी शत प्रतिशत मार्जिनको व्यवस्था गर्ने भट्टले बताए । यसका लागि कस्तो कर्जा लागि शत प्रतिशत मार्जिन भन्ने व्यवस्था चाहिँ मौद्रिक नीतिको समीक्षामा आधारित भएर केही दिनभित्रै आउने एकीकृत निर्देशन पर्खनुपर्ने पनि भट्टले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता भट्टले राष्ट्र बैंकले पुनरकर्जा दरलाई ५ प्रतिशतबाट बढाएर अब ७ प्रतिशत पु¥याउने निर्णय गरेको बताए ।
राष्ट्र बैंकले बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको हो । यस्तो व्यवस्थाबाट हाल व्यवसायीले पाएको पुनरकर्जा सुविधा हटेर नयाँ व्यवस्था लागू हुने भएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको पनि उनले बताए ।

Vianet communication

हाल कामय हरेको अनिवार्य नगद अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर)लाई भने यथावत कायम राखिएको पनि मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
पुनरकर्जा सुविधा भने अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ । प्रवक्ता गुणाकर भट्टले कोभिड प्रभावित क्षेत्रमा मात्र सहुलियत दिन खोजिएको जानकारी दिए ।

पुनर्कर्जालाई विशेष प्राथमिकता क्षेत्रमा दिने भनिएकाले यस अघिको ५ प्रतिशतको ब्याजदरमा दिएको यस्तो सुविधा अब ७ प्रतिशतमा पुग्ने भएको छ । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको यस्तो पुनरकर्जा  पुस २०७८ सम्ममा २ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँको प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा चालू आवको पुस मसान्तमा भने १ खर्ब ५८ अर्ब ३८ करोड लगानीमा रहेको छ ।

राष्ट्र बैंकले साधारण, विशेष र लघु, घरेलु तथा साना उद्यमलाई यस्तो पुनरकर्जा सुविधा दिएको थियो । यस्तो सुविधाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ४८ हजार ८९० ऋणीले १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह गरेको थियो । चालू आवको ६ महिनामा भने २४ हजार २६७ ऋणीलाई उक्त पुनरकर्जा सुविधा दिएको पनि राष्ट्र बैैंकले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x