०५ साउन २०८३, मंगलबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : पुनरकर्जा महँगियो, शेयर धितो कर्जामा थप कडाइ

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : पुनरकर्जा महँगियो, शेयर धितो कर्जामा थप कडाइ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पुनरकर्जा सुविधालाई २ प्रतिशत विन्दुले बढाएको छ । यस अघि कोभिड महामारीबाट पीडित व्यवसायीका लागि राष्ट्र बैंकले पुनरकर्जा सुविधा दिएको थियो । अब भने सीमित व्यवसायीलाई मात्रै दिने गरी मौद्रिक नीतिको समीक्षा भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार भएको छ । उक्त समीक्षाले उक्त समीक्षाबाट मार्जिन लोन (शेयर धितो कर्जा)मा कडाइ गर्ने र जोखिम भार बढाएर कर्जा नियन्त्रण गर्ने समेत भएको छ ।

यसका लागि अनुत्पादक क्षेत्र, शेयर धितो र आयातमा कडाइ हुने गरी शत प्रतिशत मार्जिनको व्यवस्था गर्ने भट्टले बताए । यसका लागि कस्तो कर्जा लागि शत प्रतिशत मार्जिन भन्ने व्यवस्था चाहिँ मौद्रिक नीतिको समीक्षामा आधारित भएर केही दिनभित्रै आउने एकीकृत निर्देशन पर्खनुपर्ने पनि भट्टले बताए ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता भट्टले राष्ट्र बैंकले पुनरकर्जा दरलाई ५ प्रतिशतबाट बढाएर अब ७ प्रतिशत पु¥याउने निर्णय गरेको बताए ।
राष्ट्र बैंकले बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको हो । यस्तो व्यवस्थाबाट हाल व्यवसायीले पाएको पुनरकर्जा सुविधा हटेर नयाँ व्यवस्था लागू हुने भएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको पनि उनले बताए ।

हाल कामय हरेको अनिवार्य नगद अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर)लाई भने यथावत कायम राखिएको पनि मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
पुनरकर्जा सुविधा भने अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ । प्रवक्ता गुणाकर भट्टले कोभिड प्रभावित क्षेत्रमा मात्र सहुलियत दिन खोजिएको जानकारी दिए ।

पुनर्कर्जालाई विशेष प्राथमिकता क्षेत्रमा दिने भनिएकाले यस अघिको ५ प्रतिशतको ब्याजदरमा दिएको यस्तो सुविधा अब ७ प्रतिशतमा पुग्ने भएको छ । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको यस्तो पुनरकर्जा  पुस २०७८ सम्ममा २ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँको प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा चालू आवको पुस मसान्तमा भने १ खर्ब ५८ अर्ब ३८ करोड लगानीमा रहेको छ ।

राष्ट्र बैंकले साधारण, विशेष र लघु, घरेलु तथा साना उद्यमलाई यस्तो पुनरकर्जा सुविधा दिएको थियो । यस्तो सुविधाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ४८ हजार ८९० ऋणीले १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह गरेको थियो । चालू आवको ६ महिनामा भने २४ हजार २६७ ऋणीलाई उक्त पुनरकर्जा सुविधा दिएको पनि राष्ट्र बैैंकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्