×

NMB BANK
NIC ASIA

काठमाडौं–तराई द्रुतमार्ग

सेनाले दाबी गरेजस्तै ३ वर्षमा सम्पन्न होला त फास्ट ट्रयाकको काम ?

फागुन १७, २०७८

NTC
Premier Steels

राष्ट्रिय गौरवको आयोजना तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) ३ वर्षमा सरकारलाई हस्तान्तरण गर्ने दाबी नेपाली सेनाले गरेपछि यस सम्बन्धमा चासो र चर्चा शुरू भएको छ ।

Muktinath Bank

मुख्य एवं जटिल कामहरू बाँकी नै रहेको अवस्थामा सेनाले २०८१ पुस १५ गतेसम्म सबै काम सम्पन्न गर्ने दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले यस्तो दाबी गरिरहे पनि राजधानीबाट फास्ट ट्रयाकको प्रवेशद्वार खोकनामा जग्गा प्राप्तिको काम समेत भएको छैन । पुलहरू र सुरुङ निर्माणको काम शुरू हुनै बाँकी छ ।


Advertisment
Nabil box
Kumari

खोकनावासीले खोकनाको संस्कृति, मुआब्जा लगायतका विषयमा विभिन्न माग राखेर विरोध गर्दै आएका छन् । तर पनि सेनाले खोकना विवाद २०७९ वैशाखसम्ममा समाधान भए काममा कुनै बाधा नपुग्ने बताएको छ । त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने सेनाका प्राविधिक सहायक रथी एवं फास्ट ट्र्याक आयोजना प्रमुख विकास पोखरेलले बताए ।

Vianet communication

‘२०८१ मंसिरभित्रै काम सक्छौं । खोकनाको विवादलाई सल्टाउन पहल गरेका छौं । खोकनालाई जोड्ने गरी ५ वटा आयोजना आएकाले एउटा मात्रै गर्नुपर्‍यो भनेर खोकनावासीले सरकारसँग माग गर्नुभएको छ । त्यो विषय सरकारले टुङ्ग्याउने हो,’ प्रा. सहायक रथी पोखरेलले भने ।

२०७९ वैशाखसम्म सरकारले खोकनाको जग्गा उपलब्ध गराएको खण्डमा सबै काम समयमै सकिने, अन्यथा खोकना क्षेत्रबाट ७ किलोमिटरको प्याकेज छाडेर बाँकीमा ठेक्का लगाउने सेनाले जनाएको छ ।

काम शुरू भएपछि सकिन लामो समय नलाग्ने सेनाको दाबी छ ।

‘हामीले कन्सल्ट्यान्ट पनि छानिसकेका छौं । वैशाखबाट बाँकी ठेक्काहरू लगाउँछौं । काम शुरू भएपछि छिट्टै सकिन्छ,’ आयोजना प्रमुख पोखरेलले भने । 

पोखरेलका अनुसार विगतमा कन्सल्ट्यान्ट छनोट तथा डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) नभएकाले समय लागेको थियो । अहिले ती कामहरू सकिएकाले द्रुत गतिमा काम अघि बढाउन बाटो खुलेको पोखरेलले बताए ।

सबैभन्दा जटिल काम सुरुङ र पुल बनाउने भएको उनले बताए । तर, सुरुङका लागि दुवैतर्फबाट काम गर्ने सम्झौता भएकाले अपेक्षित समयमै काम सकिने पोखरेलको दाबी छ ।

कुल ७२.५ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा १०.५९ किलोमिटर त पुल मात्रै निर्माण गर्नुपर्ने छ । कुल ८७ वटा पुलमध्ये १६ वटा पुल जटिल प्रकृतिका हुनेछन् ।

यसैगरी ६.४१ किलोमिटर दूरी बराबरका ३ सुरुङ र ५५.५ किलोमिटर सडक हुनेछ ।

२१३ अर्ब लागत

फास्ट ट्रयाक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण गर्दासम्म २१३ अर्ब रुपैयाँ खर्च हुने सेनाले जनाएको छ । भ्याटबाहेक १५५ अर्ब, भ्याटसहित १७५ अर्ब र फिजिकल कन्टेन्जेन्सी र अन्य कन्टेन्जेन्सी गरेर २१३ अर्ब लाग्ने अनुमान छ ।

अहिलेसम्म ३६ अर्ब बजेट खर्च भएको छ । ४४.५ किलो मिटर सडक खन्ने र अन्य सपोर्टिङ पूर्वाधारका काममा खर्च भएको सेनाले जनाएको छ । जसमा भौतिकतर्फ १६.१ प्रतिशत र वित्तीयतर्फ १४.५१ प्रतिशत प्रगति भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले ८ अर्ब ९२ करोड ७९ लाख बिनियोजन गरेको थियो । जसमा पूँजीगततर्फ ८ अर्ब ८४ करोड ४ लाख र चालूतर्फ ८ करोड ७५ लाख रुपैयाँ रहेको सेनाले जनाएको छ ।

८ सय ५ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी

सेनाले सबैभन्दा जटिल सुरुङ र पुलको ४ वटा प्याकेजको काम शुरू भएको छ ।

सुरुङ मार्गको प्याकेज १ र २ को सर्भे, फिल्ड इन्भेस्टिगेसन, डिजाइन तथा ड्रइङको काम सकेर पुसबाट थप काम शुरू गरेको सेनाले जनाएको छ ।

यस्तै माघबाट द्रुतमार्ग अन्तर्गत राजदमार– निजगढ खण्डको प्याकेज नम्बर ३, ४ र ५ को बोलपत्र आह्वान, मूल्यांकन, ठेक्का सम्झौता गरेर काम शुरू भएको छ ।

प्याकेज नम्बर ६ र ७ अन्तर्गतको लेनडाँडा–राजदमार खण्ड तथा प्याकेज ८ को सिस्नेरी–महादेवटार खण्डको काम २०७९ जेठबाट शुरू गर्ने सेनाले जनाएको छ । 

अझै आयोजनालाई आवश्यक पर्ने टोल प्लाजा, रेस्ट एरिया तथा सर्भिस ट्रयाकका लागि ३६० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको समेत सेनाले जनाएको छ । 

खोकना, फर्सीडोल र बुङ्गमतीमा जग्गा अधिग्रहण गर्नै बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x