कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
फागुन २२, २०७८
पूर्व मन्त्री रामकुमार श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरी काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवनमा गरी २६ ठाउँमा जग्गा खरिद गरेको र काठमाडौंका विभिन्न ठाउँमा घर बनाएको खुलेको छ ।
श्रेष्ठले सरकारी सेवामा रहेका बेला गैरकानूनी तरिकाले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोग पत्रमा श्रेष्ठले ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ कूल आर्जन गरेकोमा ४ करोड ४५ लाख २७ हजार रुपैयाँ गैरकानूनी स्रोतबाट आम्दानी गरेको उल्लेख छ । अकुत सम्पत्ति आर्जन गरेका श्रेष्ठले घर, जग्गा, जमिन, बिमा, विभिन्न कम्पनीको शेयरमा लगानी गर्नुका साथै नेपाल चलचित्र निर्माण कम्पनीमा समेत लगानी गरेको देखिन्छ ।
छोरीको बिहे, छोरीलाई दिएको सुनचाँदी सहितका गरगहना, छोरीज्वाइँलाई दिएको डेढ करोड रुपैयाँ सापटी होस् वा २ छोरालाई भारत र अमेरिकामा इन्जिनीयरिङ पढाइका लागि गरेको खर्चदेखि छोराबुहारीलाई अमेरिका पठाउँदासम्ममा गरेको खर्चको स्रोत खुल्न नसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठले आफ्नी पत्नी सरस्वती श्रेष्ठ, छोराहरू सरोज श्रेष्ठ, रोशन श्रेष्ठ, छोरी रश्मी श्रेष्ठ र बुवा टेकबहादुर श्रेष्ठको नाममा लगानी गरेको पाइएको छ । श्रेष्ठकी पत्नी सरस्वती गृहिणी हुन् भने २ छोरा सरोज, रोशन इन्जिनीयर हुन् ।
दुवै छोराहरू बुहारीका साथ अमेरिकामा जागिर गरिरहेका छन् भने छोरी रश्मी श्रेष्ठको बिहे भएर ज्वाइँका साथ नेपालमा बस्दै आएकी छन् ।
सरकारी जागिरमा छँदा सधैं ‘मालदार’ अड्डामा
निजामती सेवामा प्रवेश गरेदेखि सेवा निवृत्त हुँदासम्म श्रेष्ठले सधैं मालदार तथा आकर्षक अड्डामा नै काम गरेको देखिएको छ । ९ वर्ष माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्यरत हुँदा पनि प्रधानाध्यापक हुँदै शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेर सचिव पदमा अवकाश हुँदासम्म उनी मालदार निकायमा नै कार्यरत रहेको देखिएको छ ।
निजामती सेवामा हुँदा उनी विभिन्न मितिमा २१ ठाउँमा अलग–अलग पदीय हैसियतमा काम गरेको देखिन्छ ।
२०२६ चैत्र १८ गतेदेखि २०३५ कात्तिक २१ गतेसम्म श्रेष्ठ गोरखाको भीमोदय माध्यमिक विद्यालयमा शिक्षक र प्रधानाध्यापकको रूपमा कार्यरत थिए । त्यसपछि २०३६ कात्तिक २६ गते उनी शाखा अधिकृत भएका थिए । त्यसपछि उपसचिव, सहसचिव, सचिव हुँदै मन्त्रीसम्म भएका थिए ।
२०४१ कात्तिकसम्म उनले अर्थ मन्त्रालयका विभिन्न विभागमा शाखा अधिकृतको रूपमा काम गरेका थिए ।
२०४१ कात्तिकदेखि २०४३ माघसम्म कर कार्यालय धनकुटामा वरिष्ठ कर अधिकृत, २०४४ भदौदेखि २०४७ भदौसम्म कर कार्यालय कृष्णनगरमा, २०४७ भदौदेखि २०४७ माघसम्म कर कार्यालय धनगढीमा, २०४७ माघदेखि २०४९ भदौसम्म कर कार्यालय दाङमा वरिष्ठ कर अधिकृतको रूपमा कार्यरत थिए ।
त्यसपछि २०४९ भदौदेखि २०४९ मंसिरसम्म अन्तःशुल्क कार्यालय नेपालगञ्जमा काम गरेका उनी २०४९ पुसदेखि २०५३ साउनसम्म जलस्रोत मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत थिए । उनी २०५३ मंसिरदेखि २०५६ चैत्रसम्म जिल्ला विकास समिति बर्दियामा स्थानीय विकास अधिकारी, २०५३ चैत्रदेखि २०५४ माघसम्म जिल्ला प्रशासन कार्यालय चितवनमा कायममुकायम प्रमुख जिल्ला अधिकारी, २०५४ फागुनदेखि २०५४ चैत्रसम्म स्थानीय विकास मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत थिए ।
२०५५ चैत्र १४ गतेदेखि २०५६ वैशाख १५ गतेसम्म सामान्य प्रशासन मन्त्रालयमा सहसचिव, २०५६ वैशाख १५ गतेदेखि २०५६ भदौ १३ गतेसम्म स्थानीय विकास मन्त्रालयमा सहसचिव, २०५६ भदौ १४ गतेदेखि २०५७ भदौ ११ गतेसम्म आपूर्ति मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत थिए ।
२०५७ भदौ १ गतेदेखि २०६० असोज १ गतेसम्म राष्ट्रिय योजना आयोगमा सहसचिव, २०६० असोज २ गतेदेखि २०६० पुस १८ गतेसम्म अर्थ मन्त्रालयमा सहसचिव, २०६० पुस १९ गतेदेखि २०६२ माघ ३० गतेसम्म ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासकको रूपमा कार्यरत थिए ।
२०६२ फागुन १ गतेदेखि २०६४ वैशाख १५ गतेसम्म अर्थ मन्त्रालयमा सहसचिवको रूपमा काम गरेका श्रेष्ठ २०६४ वैशाख १६ गतेदेखि २०६४ भदौ २३ गतेसम्म स्थानीय विकास मन्त्रालयमा कायममुकायम सचिवको रूपमा काम गरेका थिए । २०६४ भदौ २४ गतेदेखि २०६४ माघ १८ गतेसम्म स्थानीय विकास मन्त्रालयमा सचिवको रूपमा काम गरेका उनले २०६४ माघ १८ गते सेवाबाट अवकाश पाएका थिए ।
निजामती सेवामा हुँदा कूल तलब तथा भत्ता समेतमा १९ लाख ६४ हजार ९१२ रुपैयाँ आम्दानी भएकोमा १३ लाख ७५ हजार ४३८ रुपैयाँसम्म बचत भएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
२०६९ चैत्र ६ गतेदेखि २०७० माघ २९ गतेसम्म श्रेष्ठ युवा तथा खेलकुद, शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन गरी ३ मन्त्रालयका मन्त्री समेत बनेका थिए ।
मन्त्री हुँदा ४ लाख १३ हजार १५ रुपैयाँ तलब, भत्ताबाट आम्दानी भएको तथा २ लाख ८९ हजार ११० रुपैयाँ बचत भएको अभियोगपत्रमा उल्लेख छ ।
निजामती सेवामा हुँदा पटक–पटक विदेश भ्रमण
२८ वर्षको निजामती सेवामा हुँदा उनी २८ पटक विदेश भ्रमणमा गएका देखिन्छन् । भारत, जापान, चीन, लेबनान, ब्राजिल, थाइल्याण्ड, मलेसिया, पाकिस्तान, सिंगापुर, बेलायत, दक्षिण कोरिया, तान्जानिया, रुस, अजरवैजान, नेदरल्याण्ड, क्यानडा लगायतका देशमा भ्रमण गरेको देखिन्छ । कतिपय देशमा २ देखि ३ पटकसम्म भ्रमण गरेको समेत देखिएको छ । २८ पटक विदेश भ्रमणबाट ९ लाख ८ हजार १९६ रुपैयाँ आम्दानी भएकोमा खर्च काटेर ६ लाख ३५ हजार ७३३ रुपैयाँ बचत भएको अनुसन्धानबाट देखिएको छ ।
त्यसबाहेक उनले आफ्नी पत्नी सरस्वती चौधरीलाई बैंकक, अमेरिका, जापान लगायतमा निजी खर्चमा विदेश भ्रमण गराएको देखिन्छ । ५ पटक पत्नीलाई विदेश भ्रमण गराउँदा ५ लाख ९८ हजार ९०० रुपैयाँ खर्च भएको अभियोग पत्रमा उल्लेख छ ।
उपत्यकासहित अन्य २६ ठाउँमा जग्गा
श्रेष्ठले आफ्नी पत्नी सरस्वतीको नाममा काठमाडौं–२९ को सामाखुसीमा १० आना ३ पैसा, काठमाडौंको काभ्रेस्थलीमा १४ आना, पोखरा–१८ मा ४ आना २ पैसा ३ दाम, काठमाडौं–१६ मा २६७ वर्ग मिटर, काभ्रेमा २१ रोपनी २ आना ३ पैसा २ दाम र १३ आना २ दाम, काठमाडौं–३ विष्णुमा १२ आना, काठमाडौंको इचुङनारामा २५६ वर्ग मिटर, धर्मस्थलीमा १ रोपनी १० आना ४१ दाम, सितापाइलामा १३८.१ वर्ग मिटर, स्युटाचारमा १२ आना ३ दाम जग्गा खरिद गरेको पाइएको छ ।
सरस्वतीले अन्यसँग साझेदारी गरी संयुक्त रूपमा पनि विभिन्न ठाउँमा जग्गा खरिद गरेकी छन् । सरस्वती र साझेदार संगीताको नाममा चपलीमा १ रोपनी १ आना, अर्को कित्ताको त्यही ठाउँमा ४ आना जग्गा खरिद गरेका छन् ।
छोरा सरोजको नाममा काठमाडौं–१९ मा ७ आना २ पैसार १ आना १ पैसा, काठमाडौं–९ बालाजुमा ३ रोपनी ८ आना, काठमाडौं–६ स्वयम्भुमा २ आना २ पैसा जग्गा खरिद गरिएको छ ।
श्रेष्ठले आफ्नै नाममा काठमाडौं–८ धापासीमा ४ आना १ पैसा, ललितपुर महानगरपालिका–१ स्थित टिकाथलीमा १४ आना, श्रेष्ठसहित भूमिनन्द ढकाल, तारानाथ सुवेदी र महेश्वर ढकाल सहितको साझेदार भई चितवनको कविलास–२ मा २ विघा ३ कठा १७ धुर जग्गा, श्रेष्ठको आफ्नै नाममा चितवनको हाजिपुरमा १२ धुर जग्गा खरिद गरिएको छ । बुवा टेकबहादुर श्रेष्ठको नाममा गोरखाको आरुघाटमा १ कित्ताको मात्र ९ आना १ दाम जग्गा खरिद गरिएको छ ।
यस्तो छ श्रेष्ठको अकुत सम्पत्तिको आम्दानी र लगानीको फेहरिस्त
सबैभन्दा पहिले श्रेष्ठले पत्नी सरस्वती श्रेष्ठको नाममा काठमाडौं महानगरपालिका–२९ को कित्ता नम्बर ७४ को ३०६.२ वर्गमिटर जग्गा खरिद गरेर बनाएको घर निर्माणमा लागेको कूल ५ लाख ३० हजार ३४ रुपैयाँमध्ये ४ लाख ८६ हजार ७२७ रुपैयाँ लगानीको स्रोत खुल्न सकेको छैन ।
आर्थिक वर्ष २०४३/०४४ देखि २०४५/०४६ सम्मको समयमा उनले त्यही जग्गामा बनाएको पहिलो तलाको घरको निर्माणमा लागेको ५ लाख १५ हजार १२९ रुपैयाँमध्ये ४ लाख ७५ हजार ८७४ रुपैयाँको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ ।
त्यसपछि २०४६ असोज ८ गते उनले काठमाडौं महानगरपालिका–२९ मै खरिद गरेको जग्गामध्ये आधा भाग आफ्ना बुवा टेकबहादुर श्रेष्ठको नाममा खरिद गरेका थिए । उक्त जग्गा खरिद गर्दा लागेको खर्च, तथा पहिलेको सोही जग्गामा बनेको घरको दोस्रो तल्लाको घर निर्माणमा समेत लागेको कूल ४ लाख ८८ हजार ७०८ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
२०४८ असार २ गते श्रेष्ठले ज्योति स्पिनिङ मिलको शेयर आफ्नो नाममा ३० कित्ता, पत्नीको नाममा २० कित्ता, छोरा सरोजको नाममा १५ कित्ता र छोरा रोशनको नाममा २० कित्ता गरी कूल ८५ कित्ता शेयर खरिद गर्दा लागेको ८ हजार ५०० रुपैयाँ खर्चमध्ये ४ हजार ९७४ रुपैयाँको स्रोत खुल्न सकेको छैन ।
२०४७ फागुन १९ गते छोरा सरोज श्रेष्ठको नाममा काठमाडौं महानगरपालिका–९ स्थित कित्ता नम्बर ६५५ को ०–७–२–० क्षेत्रफल बराबरको जग्गा खरिद गरेको भेटिएको छ । रजिस्ट्रेसन दस्तुर ११ हजार २८० रुपैयाँ र जग्गा खरिद मूल्य ९४ हजार रुपैयाँ समेत गरी कूल १ लाख ५ हजार २८० रुपैयाँ लगानीमध्ये सबै रकमको स्रोत खुलेको छैन ।
आर्थिक वर्ष २०४७/०४८ मा उनको छोरा सरोजले आफ्नै लगानीमा सिनेमा कम्पनी खोलेको देखिन्छ । श्रेष्ठ सिने कन्सर्न प्रालिका लागि श्रेष्ठले १ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी लगानी गरेको कम्पनीको प्रबन्ध पत्रबाट देखिएको छ । रकमको स्रोत पनि खुल्न नसकेको अभियोग पत्रमा उल्लेख छ । आर्थिक वर्ष २०४७/०४८ मै राष्ट्रिय बिमा संस्थानमा श्रेष्ठले प्रिमियम तिरेको ४ हजार ४९ रुपैयाँसहित चलचित्र निर्माण कम्पनीमा लगानी गरेको कूल २ लाख ७४ हजार ३०३ रुपैयाँको स्रोत खुल्न सकेको छैन ।
आर्थिक वर्ष २०४८/०४९ मा श्रेष्ठले छोरा सरोजलाई भारतमा ब्याचलर अफ इन्जिनीयरिङ पढाउनका लागि वार्षिक अध्ययन शुल्कबापत तिरेको ६० हजार रुपैयाँमध्ये १९ हजार १४० रुपैयाँको स्रोत खुलेको छैन । सोही आर्थिक वर्षमा एलआईसी इन्डिया र नेपालको राष्ट्रिय बिमा संस्थानमा प्रिमियम तिरेको २१ हजार ७३५ रुपैयाँको पनि स्रोत खुलेको छैन ।
२०४८ कात्तिक २९ गते छोरा सरोजको नाममा काठमाडौं महानगरपालिका–१९ स्थित कित्ता नम्बर १५६ को ०–१–१–० क्षेत्रफलको जग्गा ५४ हजार ९१ रुपैयाँमा खरिद गरेको देखिन्छ । उक्त जग्गा खरिद गर्दा लागेको रकमको पनि स्रोत खुलेको छैन ।
आर्थिक वर्ष २०४९/०५० मा छोरा सरोजको अध्ययनका लागि भारतमा बुझाएको वार्षिक अध्ययन शुल्क बापतको ६० हजार रुपैयाँमध्ये २२ हजार ६६४ रुपैयाँ, बिमाको प्रिमियममा गरिएको खर्च २१ हजार ७३५ रुपैयाँ गरी कूल ४४ हजार ३७९ रुपैयाँको स्रोत खुलेको छैन ।
त्यसैगरी आर्थिक वर्ष २०५०/५१ मा पनि छोराको अध्ययन शुल्क ६५ हजारमध्ये ३९ हजार ८५८ रुपैयाँ, एलआईसी, बिमा संस्थान समेतको प्रिमियम २१ हजार ७३५ रुपैयाँ, मनकामना चलचित्र प्रालिमा गरिएको २ लाख रुपैयाँ लगानीको स्रोत खुलेको छैन । फेरि छोरा सरोजकै नाममा काठमाडौं महानगरपालिका–९ को कित्ता नम्बर २६५ (हाल ६७९) को ३–८–०–० जग्गा ७४ हजार रुपैयाँमा खरिद गरेको रकमको समेत स्रोत खुलेको छैन ।
काठमाडौं महानगरपालिकाको धापासीस्थित ८(ख) को कित्ता नम्बर ५८७ को ०–४–१–० जग्गा ९९ हजार रुपैयाँसहित माथि उल्लेख गरिएको लगानी समेत गरी कूल ४ लाख ३५ हजार ७३ रुपैयाँको स्रोत खुलेको छैन ।
आर्थिक वर्ष २०५१/०५२ मा छोराको अध्ययन र बिमामा ५६ हजार १७९ रुपैयाँ, आर्थिक वर्ष २०५२/०५३ मा बिमा र अध्ययनमा गरिएको १ लाख ४ हजार ४७८ रुपैयाँ खर्चको स्रोत खुल्न सकेको छैन ।
आर्थिक वर्ष २०५७/०५८ मा छोरी रश्मीको बिहेमा सुन, चाँदीसहित अन्य शीर्षकमा ३ लाख ५८ हजार रुपैयाँ खर्च भएकोमा २ लाख २८ हजार ६१६ रुपैयाँको स्रोत खुलेको छैन ।
त्यसपछि अर्को छोरा रोशन श्रेष्ठलाई बंगलादेशको ढाकास्थित बंगलादेश युनिभर्सिटीमा इन्जिनीयरिङ पढाउँदा तथा बिमाको प्रिमियम समेतमा गरी खर्चेको कूल ३ लाख १५ हजार १५६ रुपैयाँको स्रोत खुलेको छैन ।
आर्थिक वर्ष २०५८/०५९ मा छोरा रोशनलाई अमेरिका पठाउनका लागि हवाई जहाजको टिकट तथा पकेट खर्च समेतमा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएकोमा २३ हजार ४९८ रुपैयाँको स्रोत खुलेको छैन । श्रेष्ठले आफ्नै राहदानी ०१५८३९ नम्बरमा १० हजार ४०० अमेरिकन डलर सटही गरी खर्चेको रकम ७ लाख ९१ हजार ३३५ रुपैयाँको समेत स्रोत खुलेको छैन ।
२०६८ असोज १२ गते श्रेष्ठले आफ्नै नाममा काठमाडौंको विष्णु–३(ख) को कित्ता नम्बर २१७ को ०–१२–०–० क्षेत्रफलको जग्गा विष्णुकुमारी भण्डारीबाट ६६ लाख ८० हजार ७२० रुपैयाँमा खरिद गरेकोमा ३१ लाख १६ हजार ५५७ रुपैयाँको स्रोत खुलेको छैन ।
२०७१ भदौ २४ गते पत्नी सरस्वतीको नाममा काठमाडौंको सितापाइला–१ को कित्ता नम्बर २५२ को १३८.१ वर्ग मिटर जग्गा ६२ लाख रुपैयाँमा खरिद गरेकोमा ५१ लाख २६ हजार ९४१ रुपैयाँको स्रोत खुलेको छैन ।
यी केही उदाहरण मात्र हुन् । माथि उल्लेख गरिएजस्तै काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्म विभिन्न जिल्लाहरूमा खरिद गरिएका जग्गामा गरेको लगानीमध्ये धेरैजसो रकमको स्रोत नखुली गैरकानूनी तरिकाले आर्जन गरेको सम्पत्तिबाट लगानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
त्यसैगरी २०६६ साउन ३२ गते ६ लाख रुपैयाँमा खरिद गरेको प्राइभेट कारको रकममध्ये ३ लाख ५८ हजार ६९९ रुपैयाँको स्रोत खुलेको छैन ।
स्रोत नखुलेको रकम व्याजमा समेत लगानी
२०६७ असोज १३ गते श्रेष्ठले दृष्टिबन्धक लिखित पास गरी अनिता शाक्य श्रेष्ठलाई दिएको ७५ लाख रुपैयाँ कर्जामध्ये ५८ लाख ८ हजार ४११ रुपैयाँको स्रोत खुलेको छैन ।
२०६८ मंसिर १० गते किशोरेन्द्र अमात्यलाई दिएको ७ लाख ७६ हजार रुपैयाँ सापटी रकमको समेत स्रोत खुलेको छैन । २०६८ पुस २४ गते श्रेष्ठले बलराम भण्डारीलाई १ लाख ६६ हजार रुपैयाँ कर्जा दिएको रकमको पनि स्रोत खुलेको छैन ।
बैंक खातामा करोडौं रकम
श्रेष्ठको नाममा बैंक खातामा मात्रै १ करोड १ लाख रकम मौज्दात रहेको देखिएको छ । त्यसैगरी पारिवारिक सदस्यको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा समेत ९० लाख ५ हजार रुपैयाँ स्रोत नखुलेको उल्लेख गरिएको छ ।
श्रेष्ठ निजामती सेवाबाट अवकाश भएपछि र मन्त्री भएको बेलामा छोरी रेश्मी र ज्वाइँ सञ्जयलाई जग्गा खरिद गर्नदेखि अन्य कामका लागि भन्दै पटक–पटक गरी १ करोड ५७ लाख ३२ हजार रुपैयाँ सापटी दिएको अभियोग पत्रमा उल्लेख छ । केही सापटीको रकम दिँदा जग्गा खरिदका लागि दिएको श्रेष्ठले उल्लेख गरे पनि केही पटकको सापटी किन दिएको भने केही खुलाउन सकेका छैनन् ।
श्रेष्ठविरुद्ध अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफतसहित गैरकानूनी सम्पत्ति आर्जन गरेको हुनाले २ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना रकम माग गर्नुका साथै पूर्व सचिव र पूर्व मन्त्री समेत भएका कारण थप ३ वर्ष कैद सजायको मागदाबी लिइएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...