×

सरसर्ती २४ घण्टा

एमसीसीबारे देउवा–रावलबीच आरोप–प्रत्यारोप, जसपाले बनायो हेडक्वार्टर

चैत १, २०७८


एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता भीम रावलबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवा एमसीसीको विषयमा रावलप्रति खनिएका थिए । मन्त्री रहेको समयमा एमसीसी पास गर्ने एमाले रावलले अहिले विरोध गरिरहेको भन्दै उनले आपत्ति जनाएका थिए । 

‘भीम रावलजी सबभन्दा बढी एमसीसीको खिलाफमा हुनुहुन्छ, त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो । मन्त्री हुँदा आफैंले पास गर्ने, त्यसबेला किन राजीनामा गर्नुभएन ? भीम रावलले के हेरेर बसे त्यसबेला ? यस्ता दुई जिब्रे कुरा गर्न पाइन्छ ?,’ आक्रोशित हुँदै देउवाले भने, ‘आफू रक्षामन्त्री हुँदा संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव ल्याउँदा भीम रावललाई किन टाउको दुख्ने ? । केपी ओलीको सरकारमा मन्त्री थिए उनी, त्यसबेला किन एमसीसीको विरोध गरेर राजीनामा गर्नुभएन ? अहिले आएर बोल्ने लाज छैन ?’


Advertisment

जवाफमा रावलले देउवाले सार्वजनिक तथ्यको जानकारीसमेत नराखेर झुट बोलेको आरोप लगाएका छन् । आफू उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएका बेला संसदमा एमसीसीसँगको सम्झौता पेश नभएको उनले दाबी गरेका हुन् । 
‘म केपी ओलीजी पहिलोपटक प्रम भएका बेला उपप्रम र रक्षामन्त्री थिएँ, प्रम ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन,’ ट्वीटरमा उनले लेखेका छन्, ‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन । यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस् हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले शीर्ष ३ नेतालाई समेटेर पार्टी ‘हेडक्वार्टर’ गठन गरेको छ । ‘हेडक्वार्टर’मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सदस्य रहनेछन् ।


Advertisment

सोमवार बसेको केन्द्रीय समिति बैठकले कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल निर्णय लिनुपर्ने अवस्था भएमा हेडक्वार्टरले निर्णय गर्नसक्ने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार बैठकले निर्वाचन निर्देशिका समेत पारित गरेको छ ।
००००
पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 
००००
निजामती कर्मचारीका सन्ततिले स्नातक तहमा अध्ययनका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्म छात्रवृत्ति पाउने भएका छन् । तीन वर्षदेखि रोकिएको छात्रवृत्ति कार्यक्रम पुनस् सुचारु हुने भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका,२०७८ बिहीवारको मन्त्रिपरिषद बैठकबाट स्वीकृत भइसकेको छ ।
००००

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन्। एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे। उनले भने, “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो ।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो । 
एमालेका सचिव रघुविर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकीर गरे ।
००००
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको कार्यप्रगतिको अनुगमन गरेको छ । समितिको टोलीले आइतवार र सोमवार फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिएको हो । 
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव नेपाल पनि संसदीय अनुगमन टोलीमा सहभागि भएका छन् । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य रहेका नेपाल विकास समितिको अनुगमनमा गएका हुन् । आफू प्रधानमन्त्री रहेको समयमा शिलान्यास गरिएको फास्ट ट्र्याक अनुगमनमा जान नेपालले रुची देखाएकोले आमन्त्रित सदस्यको रुपमा नेपाललाई टोलीमा राखिएको समिति स्रोतले लोकान्तरलाई बतायो ।  
००००
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै मंगलबार अर्थात चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । 
हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको विभागको भनाइ छ ।
००००
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मंगलवारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।       
सिंहदरबारस्थित सोमवार बसेको समितिको बैठकले उजुरी दिन आह्वान गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए ।
००००
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
आयोगद्वारा सोमवार आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा सोमवार दिनभर शेयर कारोबार ठप्प भएको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको शेयर कारोबार सोमवार १२ः५३ बजेपछि ठप्प भएको हो । बजार खुलेको २ घण्टा नपुग्दै ब्रोकर डाटा सेन्टरमा समस्या देखिएको थियो ।
००००
वाणिज्य बैंकहरूमा निक्षेप नबढेपछि बैंकहरूले कर्जा दिन रोकेका छन् । निक्षेप नबढेका कारण फागुन चौथो सातामा आइपुग्दा बैंकहरूको कर्जा लगानी ठप्प भएको छ । 
वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ८ महिनासम्म आक्रामक रूपमा विस्तार गरिरहेको कर्जा फागुन चौथो सातामा केहीको रोकिँदा समग्र बैंकहरूको कर्जाको लगानीको तथ्यांक भने घटेको छ । 
फागुन तेस्रो सातासम्ममा आइपुग्दा ४१ खर्ब ७० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले चौथो सातामा आइपुग्दा कर्जा विस्तार १ अर्बले घटेर ४१ खर्ब ६९ अर्ब रूपैयाँमा झरेको छ ।
००००
माओवादी जनयुद्धमा लागेका पात्रहरूको जीवनसँग सम्बन्धित विषयवस्तु समेटिएको 'पीर' बोलको गीतलाई लिएर भइरहेका टिकाटिप्पणीबारे गायक प्रकाश सपुतले प्रस्टिकरण दिएका छन् ।
गीतले उठाउन खोजेको मुख्य विषयलाई एकपटक इमान्दार भएर विचार गर्न अपिल गर्दै उनले क्षमायाचना समेत गरेका छन् ।

'गीतले उठाउन खोजेको मुख्य विषयलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्वीकारिसक्नुभएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो,' उनले फेसबूकमा लेखेका छन् ।

साथै उनले भिडियोको कुनै अंशले कसैको आत्मसम्मानमा चोट पुगेको भए त्यसप्रति क्षमायाचना पनि गरेका छन् ।
००००
यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धको पक्ष र विपक्षमा लामो समय तर्क वितर्क भइरहने बताएका छन् । गायक प्रकाश सपुतको गीत 'पीर'को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिँदै प्रचण्डले अहिले कोही पनि उत्तेजीत हुनु नपर्ने बताए । प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग भने, 'मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।'

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x