×

NMB BANK
NIC ASIA

आक्रमक बन्दै क्यान– बक्यौता नतिर्ने वायुसेवा सञ्चालकको बैंक खाता र पासपोर्ट रोक्का गर्न सूचना

चैत ६, २०७८

NTC
Premier Steels

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी वर्षौंदेखि नउठेको बक्यौता उठाउन आक्रामक देखिएका छन् ।

Muktinath Bank

महानिर्देशक बनेको डेढ महिनामै उनले बक्यौतासम्बन्धी सम्पूर्ण विवरण संकलन गर्न लगाएर अटेर गर्नेहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले आइतबार राष्ट्रिय दैनिक गोरखापत्रमा बक्यौता नतिर्ने एयरलाइन्स, तिनका सञ्चालक र उनीहरूको तीनपुस्ते सहितको विवरण प्रकाशित गर्दै बक्यौता तिर्न ताकेता गरेको छ ।


Advertisment
Nabil box
Kumari

बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी, सञ्चालक र हकदारहरूको बैंक खाता रोक्का तथा नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारवाही हुने सूचनामा उल्लेख छ ।

Vianet communication

पटक–पटक सूचना जारी गरेर बक्यौता तिर्न आग्रह गर्दा पनि नमानेपछि प्राधिकरण उनीहरूलाई कालोसूचीमा नै राख्ने, बैंक खात रोक्का गर्ने र राहदानी रोक्कासम्मको कारवाही गर्ने निष्कर्षमा पुगेको देखिएको छ ।

प्राधिकरणले यसअघि पनि तीनपटक ती वायुसेवालाई बक्यौता रकम तिर्न आग्रह गर्दै सूचना जारी गरिसकेको छ । 

प्राधिकरणले यस अघि ७ असोज २०७६, २० माघ २०७७ र १२ भदौ २०७८ मा सार्वजनिक सूचना जारी गरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बक्यौता तिर्न आग्रह गरेको हो । 

यसपटक भने कडा कारवाहीको चेतावनीसहित सूचना जारी भएको छ ।

बक्यौता नतिर्ने वायुसेवालाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्न पाउने अधिकार प्राधिकरणसँग छ ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७६ को नियम ३० (३०) अनुसार बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरूलाई कारवाही गर्न पाउँछ ।

सोही व्यवस्थाअनुसार भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यपार व्यवसायमा संलग्न हुने नपाउने गरी कारवाही गर्ने गरी सूचना जारी गरेको प्राधिकरणले जानकारी दिएको छ । 

सूचना जारी गरेको ७ दिनभित्र प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गरेर सक्कल भौचर पेश गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बक्यौता बुझाउनु नपर्ने भए त्यसको स–प्रमाण निवेदन प्राधिकरणलाई दिन सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ बक्यौता नतिर्ने वायुसेवाहरूको विवरण 

प्राधिकरणलाई वर्षौंसम्म बक्यौता नतिर्ने वायुसेवामा ७ वटाको विवरण सार्वजनिक भएको छ । यी सबै हाल सञ्चालनमा नआएका वायुसेवा हुन् ।

यी वायुसेवामध्ये सबैभन्दा बढी बाँकी बक्यौता राख्नेमा नेकोन एयर छ । उसले ४ करोड ७२ लाख २५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

यो वायुसेवामा ६ जना सञ्चालक रहेका छन् । नेकोन एयरले पछिल्लोपटक ९ मंसिर २०६० मा अध्यावधिक गरेको विवरण अनुसार दीपमणि राजभण्डारी अध्यक्ष तथा प्रबन्ध सञ्चालक तथा मुकुन्दभक्त श्रेष्ठ उपाध्यक्ष छन् ।

यस वायुसेवाका अन्य चारजना सञ्चालकमा दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान श्रेष्ठ छन् ।

प्राधिकरणलाई बक्यौता बाँकी राख्नेमा अर्को वायुसेवा कस्मिक एयर पनि छ । उसले ३ करोड ४७ लाख ५८ हजार रुपैयाँ तिर्न बाँकी छ । यो वायुसेवाको सञ्चालक क्याप्टेन रविन्द्रप्रसाद प्रधान हुन् ।

बक्यौता नतिर्ने वायुसेवा मध्ये गोरखा एयरको २० लाख ३५ हजार रुपैयाँ छ । यो वायुसेवाको सञ्चालकमा प्रज्ज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ छन् ।

यस्तै माउन्टेन एयरको ६ लाख १० हजार बक्यौता अहिलेसम्म तिरिएको छैन । यो वायुसेवाको सञ्चालकहरूमा प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत छन् ।

स्काइलाइन एयरवेजले ७ लाख ८० हजार तिरेको छैन । यसका ८ सञ्चालक छन् ।

आङछिरिङ शेर्पा अध्यक्ष, मिङ्मा दोर्जे शेर्पा उपाध्यक्ष, तेन्जिङ गोर्बु शेर्पा प्रबन्ध सञ्चालक तथा पेम्बा छिरिङ शेर्पा, यादव खरेल, विक्रम पाँडे, केदारबहादुर प्रधानाङ्ग र उत्तमकृष्ण खरेलको नाम सञ्चालकमा रहेको विवरण प्राधिकरणसँग छ ।


शिवानी एयरले पनि ५५ लाख ५१ हजार रुपैयाँ तिर्न बाँकी छ । यसको सञ्चालक मणिद्रलाल रञ्जितकार हुन् । 

यस्तै एयर काष्टमण्डपले ७ लाख ३८ हजार रुपैयाँ तिर्न बाँकी छ । यो वायुसेवाका सञ्चालकत्रय प्रज्ज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र हमाद अली जावोर (कतारी) रहेका हुन् । 

हेर्नुहोस्, सूचना :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x