×

पल शाहकाे हिरासत बसाइ लम्बियो, नवलपुरमा तत्काल थुनछेक बहस नहुने

चैत ६, २०७८

तनहुँमा थुनछेक बहसपछि मात्रै अभिनेता पल शाहलाई नवलपुर लगिने भएको छ । 

नवलपरासी पूर्वी जिल्ला अदालतमा मुद्दा दर्ता भइसके पनि पलविरुद्ध त्यहाँ तत्काल थुनछेक बहस नहुने भएको हो । 


Advertisment

गत बिहीवार उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । 


Advertisment

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिगका आफन्तले बलात्कारको अभियोगमा जाहेरी दिएकाले तनहुँ अदालतमा थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो ।

जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ । 

‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं । त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ,’ अदालत स्रोतले भन्यो । 

यसअघि बयानका लागि नवलपुर लगिएको थियो । एकसाता गैंडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको थियो । 

गैंडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैंडाकोटमा पीडित पक्षका आफन्तले किटानी जाहेरी दिएका थिए । 

एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत केही दिनभित्रैमा मुद्दा दर्ता गर्ने तयारी भएको जनाएको छ । अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । 

गत फागुन १५ गते पल आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए । हिरासतमा भएको आज (आइतवार) २१ दिन पुगेको छ । 

पछिल्लो पटक गत शुक्रवार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप भएको थियो । 

जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रूपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानूनी व्यवस्था छ । 

१४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था कानूनमा छ ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x