×

NMB BANK
NIC ASIA

स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्न करीब एक महिनाको समय बाँकी रहँदा काठमाडौं महानगरपालिकामा राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ ।

Muktinath Bank

राजधानी शहरको मेयर भएका कारण प्रभावशाली भूमिका हुने र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय पनि हुने भएकाले काठमाडौं महानगपालिकाको मेयरमा सांसद भइसकेका नेताहरूले पनि आँखा लगाउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच वर्ष मेयरको भूमिकामा काम गरेका एमाले नेता विद्यासुन्दर शाक्यले काठमाडौंको मेयरमा गतिलो पफर्मेन्स देखाउन सकेका छैनन् । तर, उनले पनि आगामी निर्वाचनमा पार्टीले टिकट दिए मेयरमा उम्मेदवार बन्ने रूचि सार्वजनिकरूपमा व्यक्त गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौंको मेयरमा चुनाव जित्दा पार्टीको प्रभाव देशव्यापीरूपमा लैजान सक्ने भएकाले पनि राजधानी शहरको मेयरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

Vianet communication

काठमाडौं महानगरपालिकामा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता सञ्चालन गरिरहेका पाँच दलमध्ये काठमाडौंमा कांग्रेस बाहेकका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । 

अघिल्लो निर्वाचनको मत परिणाम हेर्दा, चार दलको गठबन्धन बन्दा पनि कांग्रेस र एमाले नै काठमाडौं महानगरका मुख्य प्रतिस्पर्धी हुन् । 

यस्तो थियो विगतको परिणाम

३२ वडा रहेको कामठमाडौं महानगरपालिकामा अघिल्लो चुनावामा एक लाख ९७ हजार २२७ मत खसेको थियो । तर, यस वर्ष काठमाडौं महानगरमा कति मतदाता छन् भन्ने कुरा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेपछि मात्रै यकिन हुनेछ । 

२०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए । त्यसबेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गरेका थियो । शाक्यले करीब २० हजार मतान्तरसहित चुनाव जितेका थिए ।

शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । 

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ मत पाएर विजयी भएकी थिइन् । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । एमालेका मतदाताले राप्रपाका उम्मेदवारलाई मत नदिँदा कांग्रेसले उपमेयर जित्न सफल भएको थियो । 

अघिल्लो चुनावमा तत्कालीन विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् ।

त्यसैगरी, अहिलेको विवेकशील साझा (तत्कालीन साझा पार्टी)का उम्मेदवार किशोर थापाले १८ हजार ४९६ ल्याएका थिए । त्यसबेला सत्तामै रहेको माओवादी केन्द्र काठमाडौं महानगरपालिकामा पाँचौं स्थानमा रहेको थियो ।

काठमाडौं महानगरपालिकाको पहिलो चुनाव २०४९ मा कांग्रेसका पीएल सिंह मेयर र नविन्द्रराज जोशी उपमेयर निर्वाचित भएका थिए । 

त्यसबेला एमालेका राजेन्द्र श्रेष्ठ र केशव स्थापित पराजित भएका थिए । २०५४ को चुनावमा एमालेका केशव स्थापित र विदुर मैनाली मेयर तथा उपमेयरमा निर्वाचित भएका थिए ।

२०५६ सालसम्म एमाले काठमाडौंको सबैभन्दा ठूलो शक्तिका रूपमा रहेको थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा रहेको थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले बाजी मार्न सफल भयो ।

को–को छन् मेयरका दावेदार ?

काठमाडौं महानगरपालिकाको मेयर जितेको पार्टी एमालेमा उम्मेदवार बन्न चाहनेको संख्या धेरै छ ।

अहिलेका मेयर विद्यासुन्दर शाक्य आफैँ मेयरमा दोहोरिने प्रयासमा छन् । एमाले अध्यक्ष केपी ओलीसँग निकट रहेका उनले पार्टीले टिकट दिए फेरि उम्मेदवार बन्ने बताएका छन् । 

२०५४ को चुनाव जितेर मेयर बनेका केशव स्थापित फेरि मेयरको उम्मेदवार बन्ने चर्चामा छन् । अघिल्लो चुनावमा पनि उनी मेयरको टिकटको दाबेदार थिए ।

त्यसबेला एमालेले शाक्यलाई मेयरको र स्थापितलाई बागमती प्रदेश सभा सदस्यको टिकट दिएको थियो । स्थापितले आफैँले शाक्यलाई मेयरमा जिताएको दाबी गर्दै आएका छन् । 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भइसकेको स्थापित पार्टीमा आन्तरिक रूपमा काठमाडौंको मेयरको टिकटका लबिङमा लागेको एमाले नेताहरू बताउँछन् ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँगको खटपटपछि स्थापितले पदबाट राजीनामा दिएका थिए । 

मन्त्री पदबाट राजीनामा दिएपछि केही समय स्थापितले काठमाडौंका मेयर शाक्यको कामको आलोचना पनि गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले नै स्थापितलाई राजनीतिक विषयमा सार्वजनिक प्रतिक्रिया नदिन सचेत गराएको चर्चा एमालेभित्र हुने गरेको छ । पछिल्लो समय स्थापित सार्वजनिकरूपमा राजनीतिक प्रतिक्रिया व्यक्त गर्न तयार हुँदैनन् । 

त्यसबाहेक एमालेबाट काठमाडौंको मेयरका अर्का दाबेदार कृष्ण राई हुन् । एमाले जिल्ला कमिटी अध्यक्ष भइसकेका, बागमती प्रदेशका सांसद र अहिले एमालेका केन्द्रीय सदस्य रहेका राई काठमाडौं महानगरको मेयर बन्न लालायित छन् । 

त्यसैगरी, एमाले अध्यक्ष ओलीको निकट रहेका बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले पनि काठमाडौंको मेयरमा आँखा लगाइरहेका छन् । तर, उनी केही महिनायता बिरामी परेकाले राजनीतिक रूपमा सक्रिय हुन सकेका छैनन् । 

कांग्रेसमा महिला नेत्रीको दाबी

काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट वर्तमान उपमेयर हरिप्रभा खड्गीले दाबी गरेकी छिन् । खड्गीले आइतबार काठमाडौंको एक कार्यक्रममा बोल्दै आफू सबै हिसाबले मेयरका लागि योग्य रहेको दाबी गरेकी हुन् । 

‘वैशाख ३० गते हुने चुनावमा मलाई पार्टीबाट मेयरको टिकट चाहिन्छ । म केमा असक्षम छु ? म हरेक कुरामा सक्षम छु’, खड्गीले भनिन्, ‘हामी एस म्यान हुन मात्रै राजनीतिमा आएका होइनौं ।’

काठमाडौंको रैथाने भएकाले पनि मेयरमा स्वाभाविक दाबी रहेको उनको भनाइ थियो । 

यस बाहेक, कांग्रेसको महानगर समितिका सचिव रहेका सुसन वैद्यले पनि पार्टीमा मेयरको टिकटका लागि लबिङ थालेको चर्चा कांग्रेस वृत्तमा छ । 

काठमाडौं महानगरको वडा नम्बर १६ का अध्यक्ष रहेका मुकुन्द रिजालले पनि मेयरको टिकटको लागि लबिङ गरिरहेका छन् । गत निर्वाचनमा वडा नम्बर २० का अध्यक्ष निर्वाचित भएका नीलकाजी शाक्य पनि मेयरको टिकट हात पार्न लागिरहेको कांग्रेस वृत्तमा चर्चा छ । 

गत चुनावमा कांग्रेसबाट मेयरको उम्मेदवार भएका राजुराज जोशी पनि पार्टीले टिकट दिए उम्मेदवार बन्ने पक्षमा रहेको कांग्रेसको महानगर समितिभित्र चर्चा छ । उनी स्वर्गीय नविन्द्रराज जोशीका दाजु हुन् । नविन्द्रराज जोशीको निधनपछि उनी श्रीमती सपना जोशी क्रमशः राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेकी उनी लामो समय प्रत्यक्ष राजनीतिभन्दा बाहिर थिइन् । तर, कांग्रेसको १४ औं महाधिवेशनको क्रममा उनी काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्विरोध महासमिति सदस्य निर्वाचित भएकी थिइन् ।

परिवारभित्रकै दुईजना राजुराज र सपना जोशी मेयरको आकांक्षी हुँदा दुवैले टिकट नपाउने सम्भावना हुने कांग्रेसका नेताहरू बताउँछन् ।

त्यसबाहेक, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी एवं कांग्रेस नेतृ सिर्जना सिंहले पनि काठमाडौंको मेयरमा चासो राख्न थालेको कांग्रेसका नेताहरू बताउँछन् ।

उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महासमिति सदस्य रहेकी छिन् ।

अरू को–को छन् चर्चामा ?

कांग्रेस बाहेकको सत्तारूढ गठबन्धनको चुनावी तालमेल हुँदा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ उम्मेदवार बन्न सक्ने सम्भावना छ । 

उनी यसअघिको चुनावमा पनि एमालेका तर्फबाट मेयरको टिकटका दाबेदार थिए । अहिले उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन् ।  

तत्कालीन विवेकशील नेपाली दलबाट उम्मेदवार बनेर तेस्रो स्थान हात पारेकी रञ्जु दर्शना पुनः वैकल्पिक शक्तिहरूको नयाँ गठबन्धन (विवेकशील साझा पार्टीबाहेक)बाट उम्मेदवार बन्नसक्ने चर्चा छ । 

विवेकशील साझा (तत्कालिन साझा पार्टी)कातर्फबाट उम्मेदवार भएर १८ हजार ४९६ मत ल्याएका किशोर थापा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् ।

पार्टीलाई सबै हिसाबले सहयोग गर्ने, तर उम्मेदवार बन्ने रहर नभएको थापाले लोकान्तरलाई बताए । 

सन् २०११ मा मिस नेवाः को ताज जितेकी सुनिता डंगोलले आगामी निर्वाचनमा स्वतन्त्ररूपमा काठमाडौंको मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।

उनको राजनीतिक परिचय नभए पनि उनले रञ्जना लिपिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र स्थापित गर्ने अभियानमा काम गरिरहेकी छिन् । काठमाडौं महानगरको विकास गर्ने योजना आफूसँग रहेकाले मेयरको उम्मेदवार बन्न चाहेको उनले बताएकी छन् । 

त्यसैगरी, चर्चित र्‍यापर बालेन शाह पनि काठमाडौंको मेयरमा चुनाव लड्ने बताउँदै आएका छन् ।

शाहले केही दिनअघि फेसबूकमा लेखेका थिए, ‘अब युवाको पालो, हामीले पढेको, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x