×

NIC ASIA

शक्ति राष्ट्रबीचको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय सुरक्षाको वातावरण प्रभावित बनायो- देउवा

चैत ११, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् । 

Muktinath Bank

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ,  त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्यक छ,' उनले भने । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सुरक्षालाई सर्वोपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले भने, 'राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तरनिकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।'

Vianet communication

प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतीको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताए । 

उनले सुरक्षाका दायरा फराकिलो हुँदै गएको परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षामा नागरिक र सबै सुरक्षा संयन्त्रबीच एकै किसिमको सोच हुन जरुरी रहेको बताए । 

कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले सरोकारवालाबीच एउटै बुझाई स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको १४ दिनको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम हालसम्म सुरक्षा फौज र गैरसैनिक नागरिक गरी हालसम्म १३८ जनाले लिइसकेको जानकारी दिए । 

उक्त कलेजबाट हालसम्म मध्यम तहका अधिकृतका लागि सञ्चालित ११ महिने कमाण्ड एण्ड स्टाफ कलेज तालिम नेपाली सेनाका एक हजार ४०, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ तथा विदेशी ९९ शिक्षार्थीले पूरा गरेका छन् । 

आपसी समझदारी, समन्वय र सहकार्यबाट सुरक्षाका जटिल पक्षमा समान धारणा बनाउन मद्दत पुग्ने हेतुले सञ्चालन गरिएको यस पटकको उक्त तालिममा राष्ट्रिय सञ्चारमाध्यमका पाँच पत्रकारसहित २८ जना सहभागी थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x