×

NIC ASIA

ओली र वाङ यीको भेटवार्ताः चिनियाँ नाका खुलाउनेदेखि रेल्वे योजनासम्म छलफल

चैत १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । 

Muktinath Bank

काठमाडौंको नक्सालस्थित मेरियट होटलमा करीब एक घण्टा चिनियाँ प्रतिनिधिमण्डल र एमालेका नेताहरूसहित छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा दुई देशको सम्बन्ध र हितका विषयमा कुरा भएको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

भेटमा चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)सँग सम्बन्धित नेपालले प्रस्ताव गरेको योजना कार्यान्वयनको विषयमा एमाले अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले बताए । 

Vianet communication

नेपालमा रोड, रेल्वे, सिँचाइ, जलविद्युत, शिक्षा र स्वाथ्य क्षेत्रसँग जोडिएका परियोजनामा चीनले गरेको सहयोगको लागि धन्यवाद दिँदै ती क्षेत्रका परियोजना चाँडो सम्पन्न गराउने बारेमा ओलीले वाङ यीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए । 

त्यसबाहेक, चीनतर्फका नाका सुचारू गराउने, चीनमा अध्ययन गरिरहेका तर कोरोना महामारीका बेला नेपाल आएका विद्यार्थीलाई चीन लगेर अध्ययन नियमित गराउने लगायत विषयमा ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिएका छन् । 

त्यसबाहेक चीनको सहयोगबाट समृद्ध नेपाल, सुखी नेपाली बनाउने योजना कार्यान्वयनमा मद्दत मिल्ने भएकाले चिनियाँ सहयोग बढाउने बारेमा वाङ यीको ध्यानाकर्षण गराइएको उनले बताए । 

चिनियाँ विदेशमन्त्री वाङ यीले भने अल्पकालीन र दीर्घकालीन योजनालाई सोहीअनुसार प्राथमिकता दिएर कार्यान्वयनमा ध्यान दिने बताएको भट्टराईले जानकारी दिए ।

भेटवार्तामा हिमालयन मल्टिडाइमेन्सनल रणनीति कार्यान्वयनको सन्दर्भमा पनि कुरा भएको बताइएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनको सम्बन्ध सधैं सुमधुर रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । 

‘छिमेकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्दा नेपाल र चीनको जस्तो हुनुपर्छ भन्ने उदारहण बनेको छ । यसलाई निरन्तरता दिन चाहन्छौं,’ वाङ यीको भनाइ उद्धृत गर्दै भट्टराईले भने । 

बीआरआईअन्तर्गत नेपालले प्रस्ताव गरेका योजनाको कार्यान्वयनलाई प्राथमिकता दिने वाङले ओलीसँगको भेटमा बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x