×

NMB BANK
NIC ASIA

प्रदेश १ मा वडा तहसम्मै चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

चैत १९, २०७८

NTC
Premier Steels
Marvel

प्रदेश १ का गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । 

Muktinath Bank

शनिवार इटहरीमा बसेको गठबन्धनको बैठकले प्रदेश १ का १३७ वटै पालिकामा चुनावी गठबन्धन गर्ने सहमति गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको प्रदेशस्तरका नेताहरू बसेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले बताए । 


Advertisment
Nabil box
Kumari

गठबन्धनबाहेकका दलहरू राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चलगायतका दलसँग पनि तालमेलको लागि छलफल गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

गठबन्धनभित्र भागबन्डाका लागि दुई दिनभित्र खाका तयार गर्ने सहमति भएको समेत उनको भनाइ छ । ‘दुई दिनभित्रमा कुन पालिकाका कुन पार्टीले प्रमुख–उप्रमुख लिने वडामा क–कसलाई दिने भनेर दलभित्र आन्तरिक छलफल गरेर अन्तिम टुंगो लगाउँछौँ,’ चौधरीले भने, ‘त्यसपछि उम्मेदवार छनोटमा लाग्छौँ ।’ 

गठबन्धनभित्रका दललाई चुनावी गठबन्धनमा अगाडि बढाउन एक कार्यदल बनाइएको छ । 

कार्यदलमा कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङलगायतका नेता छन् । गठबन्धनमा राप्रपा र लिम्बुवान पनि थपिने सम्भावना रहेको बैठकमा सहभागी एक नेताले बताए । 

बैठकले प्रदेशका प्रमुखहरू रहेको अनुगमन संयन्त्र पनि बनाएको छ । बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धव थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी)का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत तथा अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङलगायतका नेताहरू सहभागी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x