×

NMB BANK
NIC ASIA

म्यादी प्रहरी: पढाइ खर्च जुटाउने विद्यार्थीदेखि फुर्सदमा रहेका किसानसम्म

चैत २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुरकी रसमिला मगर सोमवार ललितपुरको जावलाखेल मैदानमा म्यादी प्रहरीका लागि अन्तर्वार्ता दिइरहेकी थिइन् । कक्षा १२ सकेर बसेकी उनी पढाइ खर्च जुटाउन र अनुभवका लागि पनि म्यादी प्रहरीमा भर्ना हुन आएको बताइन् । 

Muktinath Bank

‘अलिकति खर्च पनि जुट्ने र अनुभव पनि हुने भएकाले म्यादी बन्न आएकी हुँ,’ लोकान्तरसँगको कुराकानीमा उनले भनिन्, ‘भविष्यमा सुरक्षा सेवामा प्रवेश गर्न सजिलो होला भन्ने पनि हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रसमिलाजस्तै सिराहा लहानका रामशंकर चौधरी पनि पढाइ खर्च जुटाउन म्यादी प्रहरीमा भर्ना हुन आएको बताए । 


Advertisment
Nabil box
Kumari

कक्षा १२ उत्तीर्ण उनी काठमाडौंमा रङ लगाउने र ग्यारेजमा काम गर्ने गर्छन् । ‘ब्याचलर पढ्नका लागि खर्च जुट्ला भनेर यता आएको हुँ,’ चौधरीले भने । रङ्रोगनको कामले पढाइका लागि पैसा नपुग्ने उनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

म्यादी प्रहरी बन्न विद्यार्थी मात्रै होइन किसान पनि लाइनमा देखिए । 

बागमती गाउँपालिका–५ का ५० वर्षीय भगवत शंकर घिमिरे खेतीपातीको काम नभएकाले म्यादीमा भर्ना हुन आएको बताए । ‘अहिले खेतीपातीको काम छैन,’ उनले भने, ‘दुई महिनामा केही पैसा कमाइएला भनेर आएको हुँ ।’

उनी २०७४ को चुनावमा पनि म्यादी प्रहरी भइसकेका व्यक्ति हुन् । उनले खेतीबाट फुर्सद भएकाले समयको सदुपयोग र प्रहरीलाई पनि सहयोग गर्न आएको उनी बताउँछन् । 

गोदावरीकी २६ वर्षीया प्रमिला परियार कटाइसिलाइको काम गर्छिन् । तर, त्यसबाट खासै आम्दानी नभएपछि म्यादी प्रहरी बन्न आएको बताइन् । ‘अलिकति भए पनि कमाइ होला भनेर आएको हुँ,’ उनले भनिन् । 

उनीहरू जस्तै दुई हजार ९०४ जनाले महानगरीय प्रहरी परिसर ललितपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएको डीएसपी शरद थापाले जानकारी दिए । 

उनका अनुसार एक हजार १२५ जनाको दरबन्दीका लागि १४ सय जनाले लिखितमा नाम निकालेका छन् । सोमवार बिहान १५ ठाउँमा व्यवस्थापन गरेर अन्तर्वार्ता लिएको डीएसपी थापाको भनाइ छ । 

देशभर एक लाख म्यादी प्रहरीका लागि दुई लाख ९३ हजार ५०० जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x