×

NMB BANK
NIC ASIA

कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने, उम्मेदवारी मनोनयन १२ गते एकै दिन

‘फेसबूक र टोलफ्रीबाट सुझाव दिन सकिने’

चैत २४, २०७८

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

Muktinath Bank

महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र तयारी समितिले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामन्त्री थापाको अध्यक्षतामा बिहीवार घोषणापत्र तयारी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो । 


Advertisment
Nabil box
Kumari

‘लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्नेगरी तयारी गरिरहेका छौं,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

Vianet communication

त्यो दिन निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । 

कांग्रेसका ती केन्द्रीय सदस्यले वैशाख १२ गते देशभर एकैदिन उम्मेदवारी मनोनयन गर्नेगरी आन्तरिक तयारी रहेको बताए ।

वैशाख ११ गते उम्मेदवारी मनोनयन गर्दा १२ गते असन्तुष्टले बागी उम्मेदवारी दिने खतरा रहेकाले भोलिपल्ट उम्मेदवारी मनोनयन गर्ने तयारी भएको हो ।

फेसबूकदेखि टोलफ्रीबाट सुझाव दिन सकिने

नेपाली कांग्रेसले स्थानीय तहमा ‘च्याम्पियन’ हुने किसिमले घोषणा पत्र बनाउने भन्दै गृहकार्य थालेको छ ।

महामन्त्री थापा नेतृत्वको समितिले चुनावी घोषणापत्रबारे सबै स्थानीय तहका पार्टी समितिबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ । यस्तै समितिले विषय विज्ञहरूसँग पनि छलफल र परामर्श गर्ने भएको छ । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सबै पक्षको सुझावसहित स्थानीय आवश्यकतासहितको घोषणा पत्र बनाउने बताए । 

‘घोषणापत्र आम जनताले बुझुन् र ड्याम्मै कांग्रेसमा भोट हालुन् भन्ने गरी तयारी भइरहेको छ,’ सिवाकोटीले लोकान्तरसँग भने । 

उनका अनुसार सर्वसाधारणले कांग्रेसको घोषणापत्रका लागि निःशुल्क टेलिफोन (टोल फ्री) मार्फत सुझाव दिन सक्नेछन् । 

‘सामाजिक सञ्जाल र टोल फ्रीबाट समेत सुझाव दिन सकिने गरी युनिट बनाउँदैछौं,’ सिवाकोटीले लोकान्तरसँग भने, ‘एकदुई दिनमै टोल फ्री नम्बर सुचारू गर्छौं ।’

कांग्रेसले आफूले जितेका स्थानीय तहले गरेका कामको वार्षिक मूल्यांकन गर्नेगरी घोषणापत्रमै केही इन्डिकेटरको व्यवस्था गर्ने भएको छ ।

केन्द्रले तयार गरेको फरम्याटमा कांग्रेसको स्थानीय समितिले त्यहाँको वस्तुस्थिति समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गर्न सक्नेछन् । 

चुनावी घोषणापत्र तयारी समितिमा डा. आरजु देउवा, डा. गोविन्द पोखरेल लगायत छन् । नेकपा एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x