×

शेखरको जिल्लामा कांग्रेसलाई बाहिर राख्दै तीन दलीय गठबन्धनको तयारी

चैत २५, २०७८

केन्द्रमा ५ दलीय गठबन्धनको तालमेल गर्ने तयारी भइरहँदा मोरङमा भने तीन दलीय गठबन्धनको तयारी थालिएको छ ।

शुक्रवार सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसबाहेकको गठबन्धन बनाउने तीन दलका नेताहरूले छलफल गरेका छन् । विराटनगरको एक होटेलमा उनीहरूले छलफल गरेका हुन् । 


Advertisment

कांग्रेसले गठबन्धनमा रहेका अन्य दलहरूलाई हेप्न खोजेको भन्दै नयाँ गठबन्धन बनाउन आवश्यक देखिएको बैठकले निष्कर्ष निकालेको छ । 


Advertisment

कांग्रेस केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइरालाको गृह जिल्ला मोरङमा कांग्रेसले गठबन्धन गर्न अनिच्छा देखाएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी मोरङमा छुट्टै गठबन्धन बनाउने तयारीमा जुटेका छन् । 

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सचिव गणेश उप्रेतीले केन्द्रमा एउटा निर्णय गर्ने र तल आउँदा गठबन्धनमै रहेका दलहरूलाई दम्भ देखाउन थालेकाले तीन दलीय गठबन्धनका लागि छलफल शुरू गरेको बताएका छन् । 

जसपाका नेता उमेश यादवले विराटनगरमा कांग्रेससँग गठबन्धन नै गर्न नहुने बताए । गत स्थानीय तहको चुनावमा मेयरका प्रत्यासी रहेका उनले गत चुनावका मतदाता शिक्षा जनतामा पुर्‍याउन नसकेकाले हार व्यहोरेको बताए । ‘अहिले तीन दलको गठबन्धन र मतदाता शिक्षालाई मतदातामाझ पुर्‍याउने समय भएकाले कांग्रेससँग गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा छौँ,’ उनले भने । 

संस्थापनइतर समूहको वर्चस्व रहेको मोरङमा पालिकास्तरमा कांग्रेसले एक्लै चुनावमा भिड्ने निर्णय गर्न थालेको छ । विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय नै गरिसकेका छन् । 

विराटनगरका १७ स्थानीय तहमध्ये गत चुनावमा विराटनगर महानगरपालिकासहित एक्लै चुनावमा भिड्दा ९ वटा स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवा माई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो ।

बूढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छ । 

मोरङका सभापति डिकबहादुर लिम्बुले आजै जिल्ला कमिटीको बैठक राखिएकाले त्यसपछि मात्रै गठबन्धनको विषयमा बोल्न सकिने बताए ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x