×

NIC ASIA

मुद्दाको चाप बढेपछि काठमाडौं परिसरमा अब २ एसपी रहने

चैत २७, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

मुद्दाको चाप बढेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । 

Muktinath Bank

पछिल्लो समय काठमाडौं जिल्लामा मुद्दाको चाप बढेको विषयलाई मध्यनजर गर्दै दुई जना प्रहरी उपरीक्षक (एसपी) खटाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुद्दाको चापलाई हेरेर खटाउने गरिएको छ, त्यसैले काठमाडौंमा २ जना एसपी राखिएको हो,’ केसीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

सम्मुखमा रहेको स्थानीय तहको निर्वाचन र मुद्दाको चापलाई मध्यनजर गरेर एसपी सानुराम भट्टराईलाई काजमा खटाइएको प्रवक्ता केसीले बताए । एसपी दिनेशकुमार मैनाली यसअघिदेखि नै परिसरमा कार्यरत छन् ।

Vianet communication

अब परिसर काठमाडौंका मुद्दाका एसपीले काठमाडौं जिल्लामा रहेका १४ वटा वृत्तका मुद्दाहरूको अनुगमनसमेत गर्नेछन् ।

परिसर काठमाडौंमा एक जना एसपीको मात्रै दरबन्दी छ । अब थप एक एसपी थपेर दुई जना पुर्‍याइएको छ । तर, पछिल्लो एसपीको दरबन्दी थप नभई काजमा मात्रै खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मुद्दाको चाप भएका जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, रुपन्देहीलगायतका जिल्लाहरूमा पनि २ जना ट्वाइसी अर्थात मुद्दा हेर्ने छुट्टै प्रहरी नायव उपरीक्षक (डीएसपी)हरू खटाएको एसएसपी केसीले लोकान्तरलाई बताए । 

अन्य जिल्लाहरूमा १ जना ट्वाइसी र मुद्दा हेर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् । 

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्थात महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि दुई जना एसपीको दरबन्दी छ ।

उपत्यकामा परिसर ललितपुरमा मुद्दा हर्ने एक जना डीएसपी, परिसर भक्तपुरमा मुद्दा हेर्ने इन्स्पेक्टर र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक जना एसपीको दरबन्दी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x