×

NMB BANK
NIC ASIA

इटहरी एमाले: मेयरमा बहालवाला मेयर-उपमेयरसहित ६ जनाको नाम सिफारिस

चैत २७, २०७८

NTC
Premier Steels

नेकपा एमालेले इटहरी उपमहानगरपालिकामा बहालवाला मेयर–उपमेयरसहित आगामी चुनावका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आइतवार बसेको एमाले नगरकमिटी सचिवालय बैठकले मेयरमा ६ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको हो । 

Muktinath Bank

मेयरमा सिफारिस हुनेमा बहालवाला मेयर द्वारिकलाल चौधरी, हाल उपमेयर रहेकी लक्ष्मी गौतम, एमाले उपमहानगर कमिटी अध्यक्ष यमकुमार सुब्बा, नेता रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ को चुनावमा विजयी बनेका चौधरीले ‘ह्याट्रिक’ गरेका हुन् । चौधरीले २०४९ साल र २०५४ सालमा हाँसपोसा गाउँ विकास समितिको अध्यक्षमा जितेका थिए । 


Advertisment
Nabil box
Kumari

इटहरी उपमहानगरपालिका हाँसपोसासहित पकली, एकम्बा र खनार मिलेर बनेको हो । इटहरीमा एमालेले मेयर/उपमेयरसहित ८ वटा वडामा जितेको थियो । एमालेले वडा नम्बर २, ४, ५, ९, १८, १९, १३ र १४ जितेको थियो ।

Vianet communication

पत्रकारको ‘नाकको डाँडी’ भाँच्नेदेखि पत्रकारलाई लोपार्ने लगायतका विभिन्न अभिव्यक्ति दिएर विवादमा आएका चौधरी पुनः मेयरमा सिफारिस भए पनि उनको सम्भावना भने न्यून रहेको एमाले सुनसरीका एक नेताले बताए । 

‘पटक–पटक विवादमा आएका व्यक्ति हुन् चौधरी, पार्टी मिटिङमै रामप्रसाद चौलागाईलाई थप्पड हानेका थिए,’ ती नेताले भने, ‘मेयरको उम्मेदवार गौतम, सुब्बा र चौलागाईंमध्ये एक हुने सम्भावना छ ।’

एमाले इटहरीले उपमेयरमा भने ९ जनाको नाम सिफारिस गरेको छ ।

अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता  चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x