×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

पोखराको मेयर आफ्नो पक्षमा पार्न कांग्रेसको जोडबल: मन्त्रीदेखि पूर्व प्रशासकसम्म दौडमा

चैत ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लोपटक नेकपा एमालेले भारी मतान्तरले जितेको पोखरा महानगरपालिकाको मेयर पार्टीको पक्षमा पार्न नेपाली कांग्रेस जोडबलका साथ लागेको छ । 

Muktinath Bank

एमालेमा विभाजन आएको तथा गठबन्धनका पाँच दल एक ठाउँमा भएको अवस्थामा यसपटक पोखराको नतिजा उल्ट्याउन सकिने कांग्रेसको विश्लेषण छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, चुनावी तालमेल गर्दा पोखरा महानगरको मेयर कसको भागमा पर्छ भन्ने यकिन भएको छैन । नेकपा एकीकृत समाजवादीले पनि पोखराको मेयरमा दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

पोखरा महानगरमा गत निर्वाचनमा एमालेले ६० हजार भोटसहित मेयर जित्दा कांग्रेसको ४५ हजार भोट पाएको थियो । पोखरामा अहिले करीब ४० हजार नयाँ मतदाता थपिएका छन् । 

Vianet communication
Laxmi Bank

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको गठबन्धन भएपछि विगतको नतिजा उल्ट्याउन सकिनेमा गठबन्धनका नेताहरू आशावादी देखिन्छन् ।

आदिवासी जनजातिको बाहुल्य रहेको पोखरामा जसपाको पनि केही भोट छ । तर, जसपाका केही प्रभावशाली नेता हालसालै एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस कास्कीका नेताहरू कास्कीका पालिका तथा वडा तह गठबन्धन साझेदार दलहरूबीच कसरी भाग लगाउने भन्ने कुरा टुंगोमा नपुग्दा प्रचारप्रसारमा जान नसकिएको बताउँछन् । 

उम्मेदवारी बाँडफाँडका लागि कास्की कांग्रेसको संयोजकत्वमा अघिल्लो हप्ता गठन भएको कार्यदलको ७ वटा बैठक बसिसकेको छ ।

सबै साझेदार पार्टीका स्थानीय कमिटीसँग समन्वय गरेर उम्मेदवारी टुंग्याउने भनिए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । अन्य दलका वास्तविक मतदाता कति हुन् भन्ने कुुरा नै यकिन नभएकाले पालिका तथा वडा तहमा भागबण्डामा सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

गठबन्धनमा सहमति नभएकाले उम्मेदवार सिफारिश अन्योलमा रहेको नेपाली कांग्रेसका जिल्लास्तरका नेताले जनाएका छन् ।  

महानगरको नेतृत्व कसले पाउने भन्ने यकिन नभएपनि कांग्रेसभित्र मेयरको उम्मेदवार बन्ने लिगलिगे दौड भने शुरू भएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल गठबन्धनमा सहमति गरेरै कांग्रेसले बलियो उम्मेदवार उठाउने बताउँछन् ।

‘सबै चुनौतीसँग जुधेर सत्ता साझेदारको सहमतिसँगै बृहत् जनमत आफ्नो पोल्टामा पार्न पनि नेपाली कांग्रेसले बलियो उम्मेदवार तय गर्नैपर्ने छ,’ बरालले लोकान्तरसँग भने ।

पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि केही हेभीवेट नेताहरूको पनि चर्चा भइरहेको छ ।

गण्डकी प्रदेश सरकारका प्रभावशाली मन्त्री बिन्दुकुमार थापाले मेयरका लागि चर्को लबिङ गरेका छन् । थापा अहिले गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री छन् ।

मन्त्री थापाले भने मेयरमा उम्मेदवारी दिन आफूले कुनै तयारी नगरेको जिकिर गरे । पार्टीले आग्रह गरेको अवस्थामा भने मन्त्री पदबाट राजीनामा दिएरै चुनावी मैदानमा उत्रिन तयार रहेको उनको भनाइ छ ।

विगतमा पनि चुनाव जितेको र कार्यकर्तामाझ भिजेका कारण उनलाई मेयरको उम्मेदवार बनाउन कांग्रेसको एउटा तप्का लागिपरेको छ । 

नेपाली कांग्रेसका भ्रातृ संगठनमा लामो अनुभव हासिल गरिसकेका गंगाधर पराजुली पनि पोखराको मेयरका लागि अर्को सम्भावित नाम हो ।

भर्खरै सम्पन्न कांग्रेस अधिवेशनमा पोखरा महानगरपालिकाको सभापतिमा लडेका पराजुली झिनो मतान्तरले पराजित भएका थिए । ‘पराजुलीलाई मेयरको टिकट दिएर न्याय गर्नुपर्ने पनि कुरा चलिरहेको छ,’ कांग्रेसका जिल्ला स्तरीय एक नेताले बताए ।

पञ्चायतकालदेखि नै पार्टी तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक क्षेत्रमा सक्रिय रहेका नेपाली कांग्रेसका निवर्तमान जिल्ला अध्यक्ष कृष्ण केसीलाई पनि यसपटक पोखरा महानगरको मेयरको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

अघिल्लो पटकको चुनावका बेला पार्टी सभापति रहेकाले उनले पार्टीलाई जिताउन भन्दै कतै पनि उम्मेदवारी दिएका थिएनन् ।

कांग्रेस महासमिति सदस्य समेत रहेका केसी यसपटक भने पोखराको मेयरमा प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेको उनी निकट नेताहरू बताउँछन् ।

पोखराको मेयरको उम्मेदवारका लागि कांग्रेस कास्कीका जिल्ला अध्यक्ष किशोरदत्त बरालको पनि चर्चा छ । लामो समय विश्वविद्यालय तथा विद्यालय तहमा शिक्षण पेशा अँगालेका बराल पेशा सँगसँगै पार्टीका भ्रातृ संगठनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् ।

बराल नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष समेत भइसकेका छन् ।

नेपाल सरकारको सचिवबाट अवकाश पाएका बाबुराम आचार्यले पनि पोखरा महानगरको मेयरका लागि रुचि देखाएको कांग्रेस नेताहरू बताउँछन् ।

कामको अनुभवका हिसाबले उनको नाम केही नेता/कार्यकर्ताले प्रस्ताव गरेका छन् ।

अघिल्लोपटक उपमेयर पदको उम्मेदवारी रहेकी सरस्वती गुरुङ पनि मेयरको आकांक्षी रहेको चर्चा छ । महिला र जनजाति भएकाले उनलाई मौका दिनुपर्ने आवाज उठेको छ । 

गुरुङ आफैँले भने यस विषयमा सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएकी छैनन् ।

पोखराका पुराना नेता स्व. सूर्यबहादुर केसीका छोरा एवं चर्चित युवा व्यवसायी किरण केसी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पनि मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा पोखरामा राजनीतिक सरगर्मी ह्वातै बढेको छ ।

गठबन्धनको सीट बाँडफाँड नटुंगिँदा आकांक्षीहरू केन्द्रकै निर्णय कुरिरहेका छन् । अर्कातर्फ नेकपा एमाले भने पोखराको विरासत जोगाउन व्यापक तयारीमा जुटिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x