×

NIC ASIA

स्थानीय चुनाव

स्थानीय निर्वाचन परिचालनका लागि कांग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीलाई खटाउने

बैशाख २, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनका लागि सात प्रदेशमा सहमहामन्त्रीलाई खटाउने भएको छ । 

प्रदेश र जिल्ला समितिसँग समन्वय गर्नका लागि सहमहामन्त्रीलाई पठाउने निर्णय कांग्रेसको निर्वाचन परिचालन समितिले गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बसेको उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचलान समिति बैठकले सातै प्रदेशमा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको हो ।


Advertisment
Rupse Holidays
Nabil box

‘सहमहामन्त्रीले प्रदेश र जिल्ला समितिको समन्वय तथा गठबन्धनका पार्टीभित्रको असमञ्जस्यतालाई मिलाउने काम गर्नेछन्,’ निर्णयबारे केन्द्रीय सदस्य नैनसिंह महरले भने । 

Vianet communication

कांग्रेस निर्वाचन परिचालन समिति बैठकले गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले चुनावी तालमेलबारे पार्टीको निर्णय कार्यान्वयन नगर्नु पार्टीको अनुशासन उल्लंघन हुने समेत निष्कर्ष निकालेको छ ।  

‘चुनावी गठबन्धन सम्बन्धमा केन्द्रीय समितिले गरेको निर्णय पालना गर्नु सभापतिलगायत सबैको दायित्व हो । उल्लंघन गर्ने विषय पार्टीको अनुशासनको दायरको विषय हुन्छ भन्ने पनि समितिको निचोड छ,’ महरले भने, ‘तर गठबन्धन स्थानीय आवश्यकता र औचित्यको आधारमा हुन्छ । कुनै ठाउँमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुन पनि सक्छ ।’

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का संयोजक र उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x