×

NIC ASIA

लुम्बिनीमा ३२ लाख मतदाता, सबैभन्दा बढी रुपन्देहीमा, कम रूकुम पूर्वमा

बैशाख ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाताले मतदानमा भाग लिन पाउने भएका छन् ।

Muktinath Bank

१२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले जनप्रतिनिधि चुन्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पटकको निर्वाचनमा रूपन्देहीमा सबैभन्दा धेरै ६ लाख २५ हजार ३६० मतदाता छन् । सबैभन्दा कम रुकुमपूर्वमा ३३ हजार ५१८ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

दाङमा ४ लाख ९९ हजार २, अर्घाखाँचीमा १ लाख ६३ हजार ८१५, कपिलवस्तुमा ३ लाख ७३ हजार १०० मतदाता छन् । 

Vianet communication

गुल्मीमा २ लाख २४ हजार २७६, पश्चिम नवलपरासीमा २ लाख ३७ हजार १२५, पाल्पामा १ लाख ९९ हजार ६९०, प्यूठानमा १ लाख ५६ हजार ३४६, बर्दियामा ३ लाख ११ हजार ४१०, बाँकेमा ३ लाख २९ हजार ४७३ र रोल्पामा १ लाख ४५ हजार ४४४ मतदाता रहेका कुँवरले जानकारी दिए । लुम्बिनीमा ५० लाख जनसंख्या छ । 

प्रदेशका ४ वटा उपमहानगरपालिकामध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा १ लाख १२ हजारभन्दा बढी छन्, जुन २०७४ सालको चुनावभन्दा ३४ हजार ५०० जनाले बढी हो । दोस्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालको भन्दा ३० हजार ७८४ मतदाता थपिएर यसपटक १ लाख ७ हजार पुगेका छन् ।

बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता छन् । गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् ।  

नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् । चुनाव आउन अब २३ दिन मात्र बाँकी छ । निर्वाचनको मुखमा राजनीतिक दलहरू उम्मेवार छनोट र सिफारिसमा व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त छ ।

‘निर्वाचन अधिकृतहरूलाई निर्वाचनसम्बन्धी आवश्यक सामग्री बुझाउने, निर्देशन दिने, दलहरूलाई पनि बोलाएर छलफल गर्ने काम भइरहेको छ,’ कुँवरले भने ।
 
लुम्बिनी प्रदेशभर १ हजार ६२९ मतदानस्थल र ३ हजार ८३२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । १५३ वटा मतदानस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ । जसअनुसार ५ वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य अवस्थाको वर्गीकरण गरिएको छ । 

जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई भूगोल, सीमा, सडक सञ्जाल लगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको छ । १५३ मतदानस्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ ।  प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी प्रहरीले गरेको छ । १२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरू अहिले चुनावका लागि आवश्यक सामग्रीहरू खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा प्रदेशमा पहाडी ६ र तराईका ६ जिल्ला पर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x