×

NMB BANK
NIC ASIA

यातायात कार्यालय ठूलोभर्‍याङको आक्रामक गति, क्यूमा रहेका सबैको २५ गतेभित्रै पालो

बैशाख ११, २०७९

NTC
Premier Steels

यातायात लाइसेन्स लिनका लागि अनलाइन फारम भरेर महिनौंदेखि पालो कुरिरहेका सेवाग्राहीलाई यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङले यही वैशाख २५ गतेभित्रमा सेवा दिइसक्ने भएको छ ।

Muktinath Bank

झण्डै एक महिनादेखि अतिरिक्त सेवा दिइरहेको कार्यालयले वैशाख २५ गतेका लागि अन्तिम चरणमा सेवा दिने गरी सूचना नै प्रकाशित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडा, मुख्यमन्त्री कार्यालय बागमती प्रदेश र यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको पहल तथा यातायात व्यवस्था विभागको अनुमतिमा पछिल्लो समय पूर्व निर्धारित कोटाभन्दा ५ गुण बढीसम्म सेवाग्राहीलाई सेवा दिइरहेको कार्यालय प्रमुख सञ्जय थापाले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘पहिले दिनमा २ सय जनाको कोटा थियो, हामीले त्यहीअनुसार सेवा दिइरहेका थियौं,’ कार्यालय प्रमुख थापाले भने, ‘आज (आइतवार)कै कुरा गर्ने हो भने झण्डै १ हजार जनाको बायोमेट्रिक दर्ता गरेका छौं ।’

Vianet communication

बिहान ७ बजेदेखि कार्यालय खुला गरिएको र ३ बजेसम्म राजस्व लिने गरिएको थापाले बताए । पहिले १० बजे कार्यालय खुलेर २ बजेसम्म मात्र राजस्व बुझ्ने गरिएको थियो ।

झण्डै ५२ हजार जना सेवाग्राही क्युमा रहेकोमा अब ८/१० हजार मात्र बाँकी रहेको थापाले बताए ।

‘अहिले दिनमै हजार जनासम्मलाई सेवा दिइरहेका छौं,’ थापाले भने, ‘सेवाग्राहीहरू सकेसम्म बिचौलियाकोमा जानु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

आफूहरूसँग १५ सयदेखि २००० जनासम्म क्षमताको ट्रायल सेन्टर रहेको भन्दै उनले दिनमा हजार जनालाई सहजै सेवा दिइरहेको बताए ।

उनका अनुसार ट्रायल बिहान १० बजेदेखि ४ बजेसम्म चलिरहेको छ ।

राजधानीका अन्य यातायात कार्यालयले पनि सेवाग्राहीहरूलाई अतिरिक्त सेवा दिइरहेका छन् । अतिरिक्त सेवा दिनेमा यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ सबैभन्दा अग्रपंक्तिमा देखिएको छ ।

कार्यालय प्रमुख थापाले अब अनलाइन फारम खुलेपछि फारम भर्नेहरूलाई तत्कालै सेवा दिने बताए ।

‘२५ गतेभित्र पहिलेदेखि क्यूमा रहेकाहरूलाई सेवा दिइसक्छौं, त्यसपछि २६ गते अनलाइन फारम भर्नेको २७ गते बायोमेट्रिक दर्ता गरेर २८ गते लिखित र २९ गते ट्रायल लिन हामी सक्षम छौं,’ कार्यालय प्रमुख थापाले भने ।

यसबीचमा छुटपुट भएकालाई पनि सेवा दिने उनले बताए ।

हेर्नुहोस्, अन्तिम चरणका लागि निस्किएको सूचना:

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x