×

NMB BANK
NIC ASIA

वडाध्यक्षको टिकटका लागि सांसद यादवले ५० लाख मागेको आरोप

सांसद भन्छन् – सत्यता छैन, निराधार र फर्जी आरोप हो

बैशाख १४, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभाका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाको वडाध्यक्षको टिकट वितरणमा पैसाको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । 

Muktinath Bank

वीरगञ्ज महानगरपालिका–१ को वडाध्यक्षको टिकटका लागि सोही वडाका बैजनाथप्रसाद साहसँग ५० लाख रुपैयाँ यादवले मागेको आरोप साहले लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरको वडाध्यक्षको उम्मेदवार बनाउन लागेको र अन्तिम समयमा यादवले पैसा मागेर टिकट नदिएको साहले बताए । संघीय प्रतिनिधि सभाका सांसद यादव पनि जनता समाजवादी पार्टीकै हुन् । 


Advertisment
Nabil box
Kumari

वडाध्यक्षको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकोमा ५० लाख रुपैयाँ दिने भए मात्रै टिकट दिन सकिने भनेर सांसद यादव स्वयंले भनेको साहले लोकान्तरलाई बताए ।

Vianet communication

‘म उम्मेदवारी दर्ताका लागि जुलुससहित आदर्शनगर गएको थिएँ । मेरो जुलुसमा करीब २०० जना सहभागी थिए । त्यहाँ पुगेपछि प्रदीप यादवले वीरगञ्जको पुजन होटल बोलाउनुभयो र उम्मेदवारी दर्ता गर्ने भए ५० लाख दिनुपर्छ भनेर बार्गेनिङ गर्नुभयो । मैले पैसा दिन सक्दिनँ भनेपछि मलाई उम्मेदवारी दर्ता गर्न दिनुभएन,’ साहले भने । 

वीरगञ्ज महानगरपालिका–१ को अध्यक्षमा जसपाबाट मनोज कुर्मीले टिकट पाएका छन् । उनी मनोनयन दर्ताको अघिल्लो दिन मात्रै कांग्रेसबाट जनता समाजवादी पार्टी प्रवेश गरेका थिए । 

‘शुरूमा जसपाकै नेताहरू आएर १ नम्बर वडामा चुनाव लड्ने मान्छे भएन, तपाईंले तयारी गर्नुपर्‍यो भनेका थिए । राजेशमान सिंहकै मान्छेहरू आएका थिए । उनीहरूले भनेपछि मैले चुनाव लड्ने तयारी गरेको थिएँ,’ साहले लोकान्तरसँग भने, ‘वैशाख १० गते राजेशमान सिंहलाई नै सहभागी गराएर १ नम्बर वडामा ठूलो आमसभा आयोजना गरेका थियौं । त्यहाँ पनि मलाई नै उम्मेदवार घोषणा गरिएको थियो ।’

बैजनाथप्रसाद साह वीरगञ्ज महानगरपालिका–१ मा सामाजिक व्यक्तिका रूपमा परिचित छन् । उनको जीविकोपार्जनको मुख्य स्रोत कृषि हो । सामाजिक काममा योगदान पुर्‍याउँदै आएका उनलाई वडाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव आएपछि उत्साहित भएका थिए ।

उम्मेदवारी दर्ता गर्न जाँदाको जुलुसमा सहभागी भएकाहरूलाई छाता मात्रै ३०० वटा वितरण गरेको साहले बताए । 

‘उम्मेदवारी दर्ताको तयारीकै क्रममा मेरो २ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । वैशाख १० गते गरिएको आमसभामा नै धेरै खर्च भएको थियो । उम्मेदवारी दर्ता गर्न जाने जुलुसका लागि ३०० वटा छाता बाँडेको थिएँ,’ साहले भने । 

निर्वाचनको सबै तयारी गरेपछि अन्तिममा टिकट नदिएर आफ्नो राजनीतिक हत्या गरेको साहले बताए । ‘पैसा नभई राजनीति नहुने रहेछ । पैसाको चलखेल गरेर मेरो राजनीतिक हत्या गरियो । यस्तो होला भन्ने मैले कहिल्यै सोचेको थिइनँ,’ साहले भने ।

साहको घर

यादवको खण्डन 

सांसद यादव आफ्नो पार्टीका जुनसुकै तहको टिकटका लागि कसैले पैसाको बार्गेनिङ गर्न नसक्ने बताउँछन् । वडाध्यक्षको टिकटका लागि ५० लाख रुपैयाँको बार्गेनिङ गर्नुभएको भन्ने आरोप छ नि भन्ने प्रश्नमा सांसद यादवले हाँस्दै भने, ‘हाम्रो पार्टीमा यस्तो धन्दा चल्दैन । कसैले पैसाको बार्गेनिङ गर्न सक्दैन । यो विरोधीले हल्ला चलाएको बकम्फुसे कुरा हो ।’

टिकट वितरणमा आफ्नो सहभागिता नहुने पनि उनले बताए । ‘टिकट वितरणमा पार्टीको सिस्टम छ । मैले टिकट दिने होइन,’ उनले भने ।

उम्मेदवारी दर्ताका दिन साहसँग वीरगञ्जको पुजन होटलमा भेट भएको यादवले स्वीकारे । ‘पुजन होटलमा उहाँसँग कुरा भएको हो । मैले मात्रै एक्लै कुरा गरेको होइन । हामी १२–१३ जना थियौं । उहाँको उमेर पनि वृद्धावस्थाको भएको र काम गर्न सक्ने मान्छे उम्मेदवार हुनुपर्ने भएकाले उहाँलाई दाबी छोडिदिनुस् भनेर आग्रह गरिएको हो । पैसा मागिएको होइन,’ यादवले भने । 

विकास र समृद्धिको काम गर्नुपर्ने र उनको उमेरले पनि नसक्ने भएकाले क्षमतावान युवालाई उम्मेदवार बनाउन सहयोग गर्नुहोस् भनेर अनुरोध मात्रै गरेको यादवले बताए । 

‘उहाँको उमेर ६० वर्षभन्दा माथि भइसकेको छ । अहिले वडाध्यक्ष बनाउन नसकिए पनि पार्टीमा सम्मानित स्थानमा राखौंला भनेका थियौं,’ यादवले भने, ‘पैसाको बार्गेनिङ गर्‍यो भनेर लगाइएको आरोप निराधार र फर्जी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x