×

NMB BANK
NIC ASIA

बागी फकाउन जोडबल

भरतपुरमा गृहमन्त्री : कांग्रेसका बागी पौडेलले भने– 'धेरै अगाडि बढिसकेँ, फिर्ता हुन्नँ'

बैशाख १५, २०७९

NTC
Premier Steels

भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

Muktinath Bank

कांग्रेसका तर्फबाट मेयरको आकांक्षी रहेका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि त्यसलाई फिर्ता लिन आग्रह गर्दै बिहीवार निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई पौडेलले आफू धेरै अगाडि बढिसकेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें,' गृहमन्त्री खाँणसँगको भेटपछि पौडेलले भने, 'चितवन जिल्ला र साथीहरूको मान, प्रतिष्ठा र भविष्यसँग जोडिएको विषय हो । म एक्लैले निर्णय लिने कुरा हैन ।'


Advertisment
Nabil box
Kumari

उनले आफ्नो कारण सरकार र गठबन्धनलाई अप्ठ्यारो पर्नुपर्ने कुनै कारण नरहेको बताए ।

Vianet communication

'मेरो कारण गठबन्धनलाई अप्ठ्यारो पर्नुपर्ने कारण म देख्दिनँ । सरकारको र गठबन्धनको संकटसँग जोडेर मलाई हेर्नुहुँदैन,' पौडेलले गृहमन्त्रीसँग भनेको कुरा उल्लेख गर्दै भने, 'परिस्थिति धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिएको हुँ ।'

उनले पार्टीले अनुशासनको कारवाही गरेको खण्डमा पनि आफूलाई कुनै गुनासो नहुने बताए ।

'अनुशासनको सीमा नाघ्यो भन्ने लाग्यो भने कारवाही गर्ने व्यवस्था पनि छ । त्यसमा मेरो कुनै गुनासो हुँदैन,' पौडेलले भने ।

भेटमा गृहमन्त्री खाँणले पार्टीको निर्णय मानेर अगाडि बढ्न आग्रह गरेका थिए ।

'हामी सबै नेपाली कांग्रेसको कार्यकर्ता हौं । निर्वाचनको बेलामा पार्टीले गरेको निर्णयलाई अगाडि बढाऔं (भनेको छु),' भेटपछि गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई भने, 'उहाँ पार्टीको प्रतिबद्ध कार्यकर्ता नै हो ।
पार्टीको निर्णय पालना गर्न मद्दत गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।'

पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि गृहमन्त्री खाँण पुन: भेट्ने वाचासहित बाहिरिएका छन् ।

'पुन: भेट्ने भन्नुभाछ, मैले हुन्छ भन्देको छु,' पौडेलले सञ्चारकर्मीसँग भने ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार बनेकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x