×

NMB BANK
NIC ASIA

करोडौं खर्च गरेको भरमा जनताले कुनै उम्मेदवारलाई मत हाल्दैनन् : शिव आचार्य [अन्तर्वार्ता]

बैशाख १७, २०७९

NTC
Premier Steels

रौतहटको चन्द्रपुर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रभाव क्षेत्रको रूपमा चिनिन्छ । गत भदौमा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको भए पनि चन्द्रपुरमा भने २०७४ सालमा नै एमाले विभाजित अवस्थामा थियो । 

Muktinath Bank

अहिले औपचारिक विभाजनको अवस्थामा एमाले स्थानीय चुनावमा होमिएको छ । एमाले फुटको पीडासहित चुनावी अभियानमा छ । एमालेले श्रमजीवी पृष्ठभूमिका नेता शिवप्रसाद आचार्यलाई चन्द्रपुर नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्य आफू श्रमजीवी वर्गको भएको र जनताको सेवक बन्नका लागि चुनावमा उम्मेदवार भएको बताउँछन् । उनै आचार्यसँग चुनावी एजेण्डा, पार्टी फुटपछिको राजनीतिक समीकरण र चुनावी माहोलको विषयमा लोकान्तरका विन्देश दहाल र उद्धव थापाले गरेको संवाद :


Advertisment
Nabil box
Kumari

चन्द्रपुर नगरपालिकाका जनताले तपाईंलाई मेयर किन बनाउने ? तपाईंका एजेन्डाहरू के हुन् ?

Vianet communication

– पार्टीमा लामो समयसम्म संगठनको काम गरेर व्यक्ति हुँ । अहिलेसम्म कुनै पनि लाभको पद लिएको छैन । पार्टीले मेरो कामको मूल्यांकन गरेर मलाई मेयर पदको उम्मेदवार बनाएको हो । यसलाई मैले ऐसआराम गरेर हिँड्ने वा गाडी चढेर यताउता घुम्ने पदका रूपमा लिएको छैन । शासक नभई सेवकको रूपमा मेयर पद चलाउने मेरो प्रतिबद्धता छ । म श्रमजीवी वर्गको व्यक्ति हुँ र निर्वाचित भएपछि पनि श्रमजीवी नै रहनेछु । जनताको शासकको रूपमा होइन, सेवकको रूपमा काम गर्नका लागि उम्मेदवार भएको हुँ । जनतालाई मेरो इमान्दारिता, विश्वसनीयता र नैतिकता राम्रोसँग थाहा छ । मैले चुनाव जित्दा जनतालाई हानि हुने काम गर्दैन भन्ने उहाँहरूले बुझ्नुभएको छ । यो नै मेरो चुनाव जित्ने आधार पनि हो । 

चन्द्रपुर नगरपालिकाका जनताका लागि गर्नुपर्ने कामहरू के–के हुन् ?

– जनतालाई लोकतन्त्रको अनुभूति गराउने नै स्थानीय तहले हो तर अहिले स्थानीय तहमा निर्वाचित प्रतिनिधिको स्वार्थका आधारमा योजना छानिने गरेका छन् । ती योजनाहरू वास्तविकता जनताको दुःखपीडासँग जोडिएका हुँदैनन्, म यसको विपक्षमा उभिएको छु ।

चुनाव लड्ने बेलामा सबै उम्मेदवारले यस्तै कुरा गर्छन् तर निर्वाचित भइसकेपछि बिर्सन्छन् । तपाईं कसरी फरक हुनुहुन्छ ?

– म अहिलेसम्म चुनावै लडेको छैन । त्यसैले चुनाव लडेर जितेर गएपछिको कुरा मेरो हकमा सान्दर्भिक छैन । मेरो पृष्ठभूमि, जीवनशैली र आचरणको बारेमा सबैजना अवगत हुनुहुन्छ । यसले चुनाव जित्यो भनेर पारदर्शी ढंगले काम गर्छ भन्ने कुरा जनतालाई थाहा छ । जनताले मलाई यसअर्थमा विश्वास गर्छन् । 

तपाईं निर्वाचित हुनुभएमा आगामी ५ वर्षमा चन्द्रपुर नगरपालिकामा के–के काम भएको देखिनेछ ? 

– म धेरै ठूला सपना देखाउन चाहन्नँ । चन्द्रपुरमा शिक्षा र स्वास्थ्यको विकराल अवस्था छ । स्वास्थ्यको कुरा गर्दा, यहाँ भएको एक मात्र सरकारी अस्पताल दयनीय अवस्थामा छ । त्यहाँ सरकारले अनुदानमा दिएको औषधि समेत पाइँदैन । अस्पताललाई सुविधासम्पन्न बनाउने मेरो पहिलो प्राथमिकता हो । वडावडामा रहेका शहरी स्वास्थ्य केन्द्र र चौकीहरूलाई पनि व्यवस्थित बनाउने मेरो योजना छ । अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा उपलब्ध गराउने योजना पनि मैले बनाएको छु । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच कम्तीमा वर्षको २ पटक गराउने व्यवस्था पनि म मिलाउनेछु । 

शिक्षाको क्षेत्रमा पनि अनेकौं विकृति छन् । निजी विद्यालयहरूको पनि गुणस्तर राम्रो छैन । सामुदायिक स्कूलहरूको त झनै कुरै नगरौं । रौतहटको सामुदायिक विद्यालयमा पढेको विद्यार्थी नेपालभर कहीँ पनि नबिक्ने अवस्था छ । 

सामुदायिक विद्यालयहरूमा निजी विद्यालयले भन्दा पनि राम्रो शिक्षा दिने थलो बनाउने मेरो योजना छ । प्राविधिक अर्थात् व्यवसायउन्मुख शिक्षा दिलाउनेमा मेरो जोड रहनेछ । विद्यालयको भौतिक सुधारका साथै गुणस्तरमा आमूल परिवर्तन ल्याउनेछु ।

अर्को समस्या बेरोजगारी हो । यसको समाधानको एउटा भिजन हामीले ल्याएका छौं । युवालक्षित कार्यक्रम मैले ल्याउनेछु । युवालाई व्यावसायिक तालिम दिने र व्यवसायका लागि आवश्यक ऋण आधार पुँजी उपलब्ध गराउने मेरो योजना छ । १ वडाका १०० युवालाई ५ वर्षमा यस्तो तालिम दिएर स्वरोजगारसहित बलियो बनाउने मेरो लक्ष्य छ । पुरुष र महिला दुवै यसमा समेटिनेछन् ।

तपाईंहरूको पार्टी विभाजित अवस्थामा रहेकाले तपाईंलाई चुनाव जित्छु भन्ने कत्तिको आत्मविश्वास छ ?

– मैले चुनाव जित्ने कुरामा त दुईमतै छैन । जनताले परिवर्तन खोजेका छन् । यहाँ भएका बेथिति विकृतिलाई हटाउनुपर्छ भन्ने उनीहरूको सोच छ । उनीहरूले इमान्दार, असल र नैतिकवान नेतृत्व चाहेका छन् । त्यो मानेमा म अब्बल छु भन्ने मेरो विश्वास छ ।

नेकपा एमालेबाट सानो टुक्रा चोइिटिएर गएको छ तर माओवादी पृष्ठभूमि भएका धेरै साथीहरू एमालेमा आउनुभएको छ । त्यो फुटको घाटा पूर्ति त्यसबाट भएको छ । गठबन्धन वा एक्लाएक्लै लडेको भन्ने कुरालाई पनि मैले महत्त्व दिएको छैन । गठबन्धनप्रति जनता निराश छन् । स्थानीय तहमा गठबन्धन भयो भने पनि जनताले उनीहरूलाई पत्याउने अवस्था छैन । त्यसले एमालेलाई नै फाइदा गर्नेछ । 

एमालेकाले त तपाईंलाई भोट हाल्लान्, अरू पार्टीको भोट तपाईंलाई आउँछ त ?

– जनता स्वतन्त्र हुन्छन्, यसको उसको भन्ने हुँदैन । एमाले मात्र यस्तो पार्टी हो जसले जनताको काम गर्छ भन्ने कुरा मतदातालाई राम्रोसँग थाहा छ । 

यो त माधवकुमार नेपालको क्षेत्र हो । उहाँको प्रभावका कारण यहाँ नेकपा एसको शक्ति देखिने कुरा हुँदैन र ?

– माधवकुमार नेपाल यस निर्वाचन क्षेत्रबाट पटक–पटक चुनाव लड्नुभयो । कहिले जित्नुभयो, कहिले हार्नुभयो । उहाँले चुनाव जितेर गइसकेपछि, प्रधानमन्त्री समेत भइसकेपछि यस क्षेत्रको हितका लागि उहाँले कुनै काम गर्नुभएन । जनतालाई उहाँले सन्तुष्ट पार्न सक्नुभएन । 

अहिले उहाँको पक्षमा जानुभएका कार्यकर्ताहरू एमालेलाई जसरी पनि हराउनुपर्छ भनेर लागि रहनुभएको छ तर हामी त्यसबाट अलिकति पनि चिन्तित छैनौं । किनकि हामी आफ्नो शक्तिमा विश्वास गर्र्छौं । हामीसँग जनसमर्थन छ, बलियो संगठन छ । 

तपाईं श्रमजीवी वर्गको हुनुहुँदो रहेछ । चुनावमा धेरै खर्च गर्न सक्नुहुने रहेनछ । तपाईंहरू चुनावी खर्चलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– हाम्रो चुनाव प्रचार शैली भड्किलो छैन । अरू पार्टीकाले के गर्छन्, त्यो हामी हेर्दैनौं । हामी चुनाव जितेर गइसकेपछि प्रचारप्रसारमा भएको खर्च उठाउनुपर्छ भन्ने सोच राख्दैनौं । मेरो आचरण र चालचलन जनताले देखेकै छन् । मैले करोडौं खर्च गर्ने हो भने जनताले नै मलाई विश्वास गर्दैनन् । चुनाव जितेर गइसकेपछि म आर्थिक पारदर्शिता कायम गर्नेछु । हरेक ३ महिनामा नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्नेछु । म अनियमितता हुन दिन्नँ र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेछु भनिरहेको छु । यस्तो भनिरहँदा मैले चुनावमा करोडौं खर्च गर्ने कुरा हुँदैन । मसँगत्यति धेरै पैसा पनि छैन । 

हाम्रो पार्टीका कार्यकर्ताहरू आफैंले आफ्नो खर्चमा बाइकमा तेल हालेर हिँडिरहनुभएको छ । सुरक्षाको कारणले गर्दा मैले प्रचारप्रसारमा हिँड्दा एउटा गाडी चढिरहेको छु । त्यो पनि मैले आफन्तसँग मागेको हुँ । त्यसमा लाग्ने पेट्रोल खर्च म आफैं व्यहोरिरहेको छु । म घरदैलो जाँदा खाना खाजाका लागि कार्यकर्ता र जनताले नै खर्च गरिरहनुभएको छ । 

तैपनि अलिकति खर्च त भइहाल्छ । तपाईंले कति जति खर्च गर्ने सोच बनाउनुभएको छ ?

– निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर मात्र हामीले पैसा खर्च गर्ने हो । अहिलेका मतदाता सचेत छन् । उनीहरू कसैले भोज खुवाएको भरमा आफ्नो मत दिँदैनन् । त्यो भनेको आफूहरूको मत किनेको हो भन्ने उहाँहरूको सोच हुन्छ । त्यसरी छानेको प्रतिनिधिले भोलि गएर आफूहरूको काम गरिदिँदैन भन्ने कुरा उहाँहरूलाई थाहा छ । हामीले जनतालाई तपाईंहरूको मत किन्दैनौं, किन्न आउनेलाई तपाईंहरू मत नबेच्नुहोला भनेका छौं । पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनि उम्मेदवारको आचरण हेरेर मत दिनुहोला भनेका छौं । त्यसैले करोडौं खर्च गरेको भरमा जनताले कुनै उम्मेदवारलाई मत हाल्दैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x