×

NIC ASIA

बागलुङमा बढ्यो चुनावी सरगर्मी

बैशाख १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।

Muktinath Bank

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरूले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नं १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तक्र्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली कांग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धतापत्र आज सार्वजनिक गरिने भएको छ ।


Advertisment
Nabil box
Kumari

गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नं ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन् । गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए ।

Vianet communication

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिए ।

आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागतरूपमा समयतालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

यहाँका अरु स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दशै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ  कांग्रेसले बागलुङ, गलकोट नगरपालिकासहित काठेखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । एमालेले भने दशै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिह्न दिइएको बताए । “दल र उम्मेदवारले चुनाव चिह्न लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उनले भने । निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए । 

उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्री जिल्लामा आइसकेका छन् । जिल्लामा १०३ मतदानस्थल र २३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x