असार १६, २०७९
तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थ...
‘उडायो सपना सबै हुरीले...’गीत नसुन्ने सायदै कोही नेपाली होलान् ।
यस गीतका गीतकार तथा गायकबारे जानकारी नहुने संगीतप्रेमी पनि कमै होलान् । मुरलीधर मिझारका यो मात्र होइन्, ‘चिसो चिसो सिरेटोमा...’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ जस्ता गीतहरू पनि उत्तिकै लोकप्रिय छन् ।
उसो त मुरलीधर व्यक्ति एक प्रतिभा अनेक भएका कलाकार हुन् । उनी अभिनेता हुन् । फिल्म लेखेका छन् । निर्देशन गरेका छन् । गीत गाउने र कम्पोज गर्ने भइहाल्यो ।
थुप्रै हिन्दी, नेपाली चलचित्र, सिरियलमा अभिनय गरेका छन् उनले । यसकारण नेपालमा मात्र नभएर मुम्बईमा समेत उनको उत्तिकै ख्याती छ ।
यद्यपी, गायक र अभिनेताका रुपमा सक्रिय रहेपनि उनी नेपाली म्युजिक भिडियोमा भने अहिलेसम्म अभिनय गरेका थिएनन् ।
अब, दर्शकले मुरलीधरलाई म्युजिक भिडियोमा समेत देख्न पाउनेछन्, त्यो पनि केही दिनमै ।
आफ्नै स्वर रहेको ‘छटपटीएको त्यो दिन फेरी किन याद आयो’बोलको वियोगान्त खालको गीतमार्फत मुरलीधरले नेपाली म्युजिक भिडियो अभिनयमा समेत आफूलाई समाहित गराएका हुन् ।
यो बन्दोबस्तो भने गीतकार एवं संगीतकार सुनिल मास्केले मिलाएका हुन् ।
गीतकार एवं संगीतकार मास्केले यो गीतपनि ‘उडायो सपना सबै हुरीले’ जस्तै एक लाइनकै गीत रहेको बताए ।
‘धुरलीधरजीकै लागि भनेर यो गीत लेखेँ र कम्पोजिशन गरेँ’–गीतकार एवं संगीतकार सुनिल मास्केले लोकान्तरसँग सुनाए, ‘अहिले उहाँ काठमाडौं आउनुभएको थाहा पाएपछि भोलिपल्ट एरेन्जमा दिएँ । पर्सीपल्ट गीत रकर्ड भयो ।’
प्रदीप श्रेष्ठले भोलिपल्ट एरेन्ज गरेको गीतको केही दिनअघि मात्रै भिडियो सुटिङ भएको हो ।
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा मुरलीधरले अभिनय गरेका छन् ।
निर्देशक वाइवाले मुरलीधरलाई भिडियोमा अभिनय गराउनु आफ्नो लागि ठूलो अवसर भएको प्रतिक्रिया दिए ।
उनले कलाकार मुरलीधरबाट आफूले धेरै कुराहरू सिक्ने अवसर समेत पाएको बताए ।
दीपक गिरीको छायाँकन रहेको भिडियो विकास दाहालमार्फत सम्पादन भएर केही दिनमै सार्वजनिक हुने निर्देशक वाइवाले लोकान्तरसँग बताए ।
तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थ...
कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...
रेकर्डिङ स्टुडियोहरूलाई तीज लागिसकेको छ । चलेका अधिकांश स्टुडियोमा यतिबेला धमाधम तीज गीतहरूको रेकर्डिङ चलिरहेको छ । यस्तै, तीज गीतको भिडियोको छायाँकन पनि शुरु धमाधम रुपमा भैरहेका छन् । विशेषगरी लोक...
एक दशकअघि सार्वजनिक गजल गीत हो – गाजल लगाइनछौ । पुरु लम्साल यसका गीतकार । थानेश्वर गौतम संगीतकार र गायक । गजललाई स्रोता, दर्शकले त रुचाए नै । गजल संगीतमा फरक धार भित्र्याउन समेत सफल रह्यो ‘ग...
पूर्व प्रशासक एवं गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीति संग्रह ‘तृष्णा’को लोकार्पण भएको छ । बिहीवार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी गीति संग्रहको लोकार्पण गरि...
झण्डै २ महिना बाँकी छ, तीज आउन । कलाकारहरूलाई भने केही साता अघिदेखि नै तीजले छोइसकेको छ । कोही तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, कोही आफ्ना गीतको धमाधम शुटिङ गरिरहेका छन् । केही कलाकारह...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...