२७ जेठ २०८३, बुधबार

यू–१९ महिला विश्वकप छनोट खेलका लागि १७ खेलाडी छनोट

बैशाख १९, २०७९
यू–१९ महिला विश्वकप छनोट खेलका लागि १७ खेलाडी छनोट
प्रतिकात्मक तस्वीर

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला विश्वकप छनोट खेलका लागि १७ खेलाडी छनोट गरेको छ ।

सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले सोमवार खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

क्यानले सोमवार घोषणा गरेको टीममा किरण कुँवर, सोनु राजवंशी, टीका साह, सृष्टि धामी, सावित्री धामी, एलिसा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी छन् ।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्