२६ जेठ २०८३, मंगलबार

नेपाली मुद्राको अवमूल्यन उच्च

बैशाख २८, २०७९
नेपाली मुद्राको अवमूल्यन उच्च

अमेरिकी  डलरको  तुलनामा  नेपाली  मुद्रा  अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ ।

नेपाल  राष्ट्र  बैङ्कले  मङ्गलबारका  लागि  सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ ।

भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो ।

भारतीय रुपियाँ  एक  सयको  नेपाली  रुपियाँ  १६०  स्थिर  विनिमय दर छ । अन्तर्राष्ट्रिय  बजारमा  डलरको  माग  उच्च  हुँदै गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो ।

अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ ।

डलर  महँगो  हुँदा  नेपाली  अर्थतन्त्रलाई  समग्रमा  नोक्सानी  नै  हुने  आँकलन  नेपाल  राष्ट्र  बैङ्कका  पूर्वगभर्नर  डा.  चिरञ्जीवी  नेपालको  छ ।

“आयातमुखी अर्थतन्त्र भएकाले हामीलाई थप समस्या पर्ने देखिन्छ, यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्चनुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्छ,” उनले भने ।

यसले  निर्यातमा  सकारात्मक  प्रभाव  पार्ने  सक्ने भए पनि नेपालको निर्यात ज्यादै कम रहेकाले त्यसको लाभ कम हुनसक्छ । डलर  महँगो  हुँदा  रेमिट्यान्स  भित्रिने  क्रम  बढ्छ  भने  पर्यटक  आगमन  बढ्न  लागेकाले  केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी रहने डा. नेपालको ठम्याइ छ ।

अमेरिकाको  केन्द्रीय  बैङ्कले  आधार  दर  ०.५ प्रतिशतले वृद्धि गर्दा अमेरिकामै डलरको माग बढ्न  थालेको  बताइएको  छ  ।  

साथै  अमेरिकामै  लगानी प्रोत्साहनका कार्यक्रम आएपछि अमेरिकी अर्थतन्त्रमै  लगानी  विस्तार  हुँदाको  असर  पनि  डलर बलियो बन्दै गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए ।

“रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले  पनि  डलर  बलियो  भएको  हो,  डलर  बलियो   बन्नेक्रम   अझै   बढ्न   सक्छ,”   उनले भने ।

डलर महँगो हुँदा अर्थतन्त्रमा पर्ने नकारात्मक असरबाट  जोगिन  राष्ट्र  बैङ्क  अझै  चनाखो  बन्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै डा. नेपालले आयात निरुत्साहनका लागि राष्ट्र बैङ्कले चालेका कदम अझै प्रभावकारी बनाउन सुझाव दिए ।

“विदेशका  समस्याले  नेपाली  अर्थतन्त्रमा  परेका नकारात्मक असरको मात्रा बढ्दै गएकाले त्यसको  दीर्घकालीन  उपाय  कार्यान्वयनमा  सबै  सरोकारवाला लाग्नुपर्छ, अब निर्यात बढाउने उपाय खोजेर अर्थतन्त्रलाई बलियो बनाउनैपर्छ,” उनको सुझाव छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्