माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ ।
भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो ।
भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ १६० स्थिर विनिमय दर छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च हुँदै गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो ।
अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ ।
डलर महँगो हुँदा नेपाली अर्थतन्त्रलाई समग्रमा नोक्सानी नै हुने आँकलन नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको छ ।
“आयातमुखी अर्थतन्त्र भएकाले हामीलाई थप समस्या पर्ने देखिन्छ, यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्चनुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्छ,” उनले भने ।
यसले निर्यातमा सकारात्मक प्रभाव पार्ने सक्ने भए पनि नेपालको निर्यात ज्यादै कम रहेकाले त्यसको लाभ कम हुनसक्छ । डलर महँगो हुँदा रेमिट्यान्स भित्रिने क्रम बढ्छ भने पर्यटक आगमन बढ्न लागेकाले केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी रहने डा. नेपालको ठम्याइ छ ।
अमेरिकाको केन्द्रीय बैङ्कले आधार दर ०.५ प्रतिशतले वृद्धि गर्दा अमेरिकामै डलरको माग बढ्न थालेको बताइएको छ ।
साथै अमेरिकामै लगानी प्रोत्साहनका कार्यक्रम आएपछि अमेरिकी अर्थतन्त्रमै लगानी विस्तार हुँदाको असर पनि डलर बलियो बन्दै गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए ।
“रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले पनि डलर बलियो भएको हो, डलर बलियो बन्नेक्रम अझै बढ्न सक्छ,” उनले भने ।
डलर महँगो हुँदा अर्थतन्त्रमा पर्ने नकारात्मक असरबाट जोगिन राष्ट्र बैङ्क अझै चनाखो बन्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै डा. नेपालले आयात निरुत्साहनका लागि राष्ट्र बैङ्कले चालेका कदम अझै प्रभावकारी बनाउन सुझाव दिए ।
“विदेशका समस्याले नेपाली अर्थतन्त्रमा परेका नकारात्मक असरको मात्रा बढ्दै गएकाले त्यसको दीर्घकालीन उपाय कार्यान्वयनमा सबै सरोकारवाला लाग्नुपर्छ, अब निर्यात बढाउने उपाय खोजेर अर्थतन्त्रलाई बलियो बनाउनैपर्छ,” उनको सुझाव छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...