×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

‘सुरक्षा व्यवस्थापनमा राजनीतिक दल र उम्मेदवारको सुझबुझपूर्ण सहयोग भएन’

बैशाख ३०, २०७९

NTC
Premier Steels

स्थानीय तहको निर्वाचनमा देशभर करीब ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । 

Muktinath Bank

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अधिकतम ७५ प्रतिशतसम्म र न्यूनतम ५० प्रतिशत मतदान भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘औसतमा ६५ देखि ७२ प्रतिशत मतदान हुन्छ भन्ने अपेक्षा थियो । तर, त्यसअनुसारको मतदान हुन सकेन । जहाँ धेरै मतदान हुन्छ भने अपेक्षा थियो त्यही कम मतदान भयो’, थपलियाले भने । 


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिकामा अपेक्षा गरेभन्दा निकै कम मत खसेको थपलियाले बताए । 

Vianet communication

‘किन मतदान कम भयो भन्ने अरु कारण पहिल्याउन बाँकी छ । काठमाडौं महानगरमा शान्तिपूर्ण मतदान, मतदान केन्द्रमा सबैको पहुँच हुदा पनि अपेक्षा गरे अनुसारको मतदान भएन’, थपलियाले भने । काठमाडौंमा ५२ प्रतिशत मात्रै मतदान भएको आयोगको प्रारम्भिक अनुमान छ ।

मतदान स्थगित भएको स्थानीय तहमा भने पुनः मतदान भएपछि मात्रै मतगणना हुने थपलियाले बताए । 

केही स्थानीय तहले आजै रातीदेखि मतगणना प्रारम्भ गर्ने र केही स्थानीय तहमा भोली बिहानैदेखि मात्रै मत गणना शुरू हुने भनेर निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गरेको उनले बताए । 

निर्वाचनको क्रममा सन्तोषजनक रुपमा सुरक्षाको व्यवस्था नभएकोमा आयोगले असन्तुष्टि व्यक्त गरेको छ । 

राजनीतिक दल र उम्मेदवारले पनि सुझबुझपूर्ण सहयोग नगरेको आयोगले बताएको छ । 

केही स्थानीय तहमा साना विवादलाई पनि उग्र बनाएर निर्वाचनको वातावरण बिगार्न राजनीतिक दल र उम्मेदवार नै उद्यत देखिएको र त्यसले आयोगलाई चिन्तित भएको थपलियाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x