×

NMB BANK
NIC ASIA

मतगणनामा सुस्त गतिमा, एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेटसम्म लाग्यो

बैशाख ३१, २०७९

NTC
Premier Steels

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । 

Muktinath Bank

कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्य तालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ । 


Advertisment
Nabil box
Kumari

अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ । अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । 

Vianet communication

उनीहरुविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । 

यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x