×

NMB BANK
NIC ASIA

शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रलाई लगानी गर्न दिनुहुँदैन- बाबुराम भट्टराई

जेठ ४, २०७९

NTC
Premier Steels

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् । 

Muktinath Bank

यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने र निजी क्षेत्रलाई अरू नाफामूलकमा शेयर दिएर पठाउनुपर्ने तर्क भट्टराईले गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा शुरू भएको पूर्व बजेट छलफलमा बोल्ने क्रममा भट्टराईले भने, ‘नेपालको शिक्षा स्वास्थ्यको सुधार नभएकै राज्य र निजी क्षेत्रको दोहोरो नीतिले हो । यो दुवै क्षेत्र राज्यको दायित्वमा हुनुपर्छ । यसको सुधारको लागि निजी क्षेत्रले गरेको लगानीलाई शेयर दिएर अरू क्षेत्रमा पठाउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

शिक्षा र स्वास्थ्यलाई जति सुधार प्रयास गर्दा पनि नपुगेको उनी बताउँछन् । यो क्षेत्रमा भएको निजीकरणको दबदबाले सधैँ गुनासो मात्रै आउने गरेको उनको भनाइ छ । 

Vianet communication

‘त्यसैले अब यी क्षेत्रको सबै दायित्व राज्यले लिनुपर्छ । उक्त काम गर्न आगामी वर्षको बजेटबाटै व्यवस्था हुनुपर्छ,’ उनले भने । 

राज्यले कञ्जुस्याइँ नगरी शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा १० प्रतिशत बजेट दिनुपर्ने पनि भट्टराईले बताए । 

राज्यले सुधार गर्नुपर्ने सामाजिक सुरक्षा पनि भएको भन्दै उनले यस्तो भत्ता करोडपति र अर्बपतिले पनि लिने गरेको तर गरीब जनताको पहुँचमा पुग्न नसक्ने समस्या अहिले पनि आइरहेको बताए ।

वृद्धभत्ता दिने व्यवस्थाको सुधार गर्न ८० वर्ष माथिकालाई घरघरमै पुगेर स्थानीय जनप्रतिनिधिमार्फत् भत्ता दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

भट्टराईले अर्थतन्त्रको सुधारका लागि बैंकिङ प्रणालीमा सुधार गरेर नयाँ पुराना सबै ऋणीले ऋण पाउने व्यवस्था गर्ने, अर्थतन्त्रको आधुनिकीकरण गर्न पुँजी जुटाएर लगानीमा केन्द्रित गर्ने, महिलाको श्रमको गणना गरेर अर्थतन्त्रमा जोड्नेसहितको काम बजेटबाटै हुनुपर्ने पनि बताए ।

‘अर्थतन्त्रको अहिलेको संकटोन्मुख अवस्थाको सुधार गर्न संरचनात्मक समस्या समाधान गर्नुपर्छ । टालटुल गरेर अर्थतन्त्र चलाउन हुँदैन,’ भट्टराईले भने । 

देशको आवश्यकताको विषय भनेको सम्पत्ति र भूमि सुधार गर्नुपर्ने पनि भएको उनले बताए । यसका लागि राष्ट्रिय सहमति नै बनाएर सम्पत्तिको स्वःघोषणा गर्ने र कुनै कर नलिई अभिलेखीकरण गर्नुपर्ने तर्क भट्टराईकाे छ ।

यसरी सम्पत्तिको स्वःघोषणा गर्दा अपराधीकरणबाट आर्जित सम्पत्तिको संरक्षण गर्ने विषयलाई भने आफूले जोड्न नखोजेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x