×

NIC ASIA

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

जेठ ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । 

जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका र नेकपा (एमाले)ले ढोरपाटन नगरपालिका जितेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

यसअघिको स्थानीय तहको निर्वाचनमा बागलुङका चार वटा स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुख जितेको नेकपा एमालेले यसपटक ढोरपाटन नगरपालिकाको प्रमुखमा मात्रै चित्त बुझाउनुपर्‍र्यो । सत्तामा रहेका पाँच दल मिलेर निर्वाचनमा होमिँदा एमालेले बागलुङमा प्रतिस्पर्धामै रहेर पनि अधिकांश स्थानीय तहमा हार बेहोर्‍र्यो । जसको फाइदा सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उठाएका छन् । 

Vianet communication

जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङ नगरपालिकामा वसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा राजु थापा, गलकोट नगरपालिकामा भरत शर्मा गैरे, बडीगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् । 

यसअघि जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । 

अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ । 

जैमिनी नगरपालिकामा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटन नगरपालिकामा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गरेका छन् । 

तमानखोला गाउँपालिकामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भए भने बरेङ गाउँपालिकामा दिलीपकुमार पुन र ताराखोला गाउँपालिकामा भीमबहादुर रोकाले जीत हासिल गरे ।

जैमिनी नगरपालिकाको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जिते । ताराखोला गाउँपालिकाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङ नगरपालिकाको उपप्रमुख, गलकोट नगरपालिकाको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ । 

ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जित्नुभयो भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जिते । 

अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x