×

NMB BANK
NIC ASIA

धनगढीका मेयरको पहिलो प्राथमिकता : सचिवालय सुदृढीकरण र अधुरा योजना कार्यान्वयन

जेठ ८, २०७९

NTC
Premier Steels

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन् ।

Muktinath Bank

निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मेयर हमालले भने, ‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो, किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन । यहाँ जति सचिवालय छन्, त्यसलाई पारदर्शी, चुस्त, दुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि बाँकी योजनालाई चरणबद्ध रुपमा कार्यान्वयनमा जाने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनले अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताए ।

Vianet communication

आर्थिक वर्षको अन्तमा पनि आइसकेकाले 'पेन्डिङ्ग'मा रहेका योजनालाई गुणस्तरीय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । 

नयाँ आर्थिक वर्षदेखि नयाँ योजनाका साथ सबैको सहभागितामा र सबैले जित्ने गरी काम गर्ने मेयर हमालले प्रतिक्रिया दिएका छन् ।

उनी सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई १२ हजार ४८ .मतले हराउँदै विजयी भएका हुन् । 

हमालले २६ हजार ८६५ मत पाएका छन् भने वडले १४ हजार ८१७ मत पाए । 

नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । उनी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीलाई २ हजार ८०९ मतले पराजित गर्दै विजयी भएकी छिन् । 

रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छिन् भने अधिकारी १२ हजार ६७० मत पाएकी हुन् ।

९३ हजार १५१ जना मतदाता रहेको धनगढीमा जम्मा ६८.०४ प्रतिशत अर्थात ६३ हजार ७१५ मत मात्रै खसेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x