असार १५, २०७९
अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...
काठमाडाैं | जेठ ९, २०७९
राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् ।
तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेकी हुन् ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद पौड्यालले बलात्कार मुद्दामा हदम्याद हटाउने कानून ल्याउन सरकारलाई रुलिङ गर्न माग गरिन् ।
‘प्रतिनिधि सभाको महिला बालबालिका समितिको बैठकमा भएको छलफल गृहमन्त्रीलाई सुनाउँदैछु, महिला हिंसा र नाबालिकको बलात्कारको हकमा हदम्याद हटाइयोस्, यो हटाउनुपर्छ,’ पौड्यालले भनिन् ।
कुनै ठूलो दल फुटाउन सरकारले अध्यादेश ल्याए पनि यस्तो संवेदनशील विषयमा कानून ल्याउन नसकेको भन्दै उनले आपत्ति जनाइन् ।
‘महिला हिंसाको अन्त्य गर्न, किशोरीलाई बचाउन ५ दिनमा पास गर्नेगरी कानून ल्याउनुस्, यसमा अध्यक्षले रुलिङ गर्नुस् भनेर माग गर्न चाहन्छु,’ उनले भनिन् ।
‘सेलिब्रेटीलाई पनि कारवाही गर्नुपर्छ’
राष्ट्रपतिबाट मनोनित सांसद पौड्यालले बलात्कारको घटना लुकाउन सघाउनेलाई पनि मतियारको रूपमा कारवाही हुने कानूनी व्यवस्था रहेको भन्दै सेलिब्रेटी भएपनि कारवाही गर्नुपर्ने बताइन् ।
‘यो केसले उब्जाएको अर्को प्रश्न, यो देशको चर्चित महिलालाई पनि सुनाएकी थिइन्, त्यहाँ उनको सुनुवाइ भएन । हाम्रो कानूनले बलात्कारको केसमा त्यसलाई लुकाउने, छिपाउने र कानूनी उपचारमा जान रोक्नेलाई अपराधी मान्छ, मतियार मान्छ । यो केसमा जे जति मानिसले थाहा पाएका छन्, उनीहरूले किन कानूनलाई मानेनन् ? सबैलाई बकाउनुपर्छ, सबैलाई सजाय गर्नुपर्छ । देशका सेलिब्रेटी हुन कि केटा साथी हुन्,’ उनले भनिन्, ‘यो केसमा हामीले पीडितलाई न्याय दिलाउन सकेनौं भने हाम्रा छोरीहरूले न्याय पाउँदैनन् । अनि हामी सांसद मन्त्री भनेर बस्नुको कुनै अर्थ रहँदैन ।’
पीडित युवतीले एक पूर्व मिस नेपाललाई आफूले घटनाबारे बताएको, तर सहयोग नपाएको गुनासो गरेकी थिइन् ।
अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी...
गए राति कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । यी क्षेत्रमा भारी वर्षा भएकाले बुधवार बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ । ...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...
प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् । बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...