×

NMB BANK
NIC ASIA

कर घटाउने सरकारको निर्णय- कहिलेबाट र कति घट्ला इन्धनको मूल्य ?

जेठ १३, २०७९

NTC
Premier Steels

सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । 

Muktinath Bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावलाई स्वीकृति दिएको र यसको कार्यान्वयनको लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले पेट्रोलियम पदार्थमा लिइरहेको यस्तो करलाई कति घटाउने र कुन–कुन विषयमा कर कम गरेर उपभोक्तालाई राहत दिने भन्ने औपचारिक घोषणा भने १५ जेठको बजेटबाटै हुने भएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले यसअघि पनि बजेटबाटै थप गरेको करलाई यो वर्षको बजेटले कर घटाउने विषयलाई सम्बोधन गर्ने भएको छ । पेट्रोलियम पदार्थमा घट्ने कर आयल निगमलाई प्रतिलिटर जति घाटा छ त्यति नै घटाउने विषयमा अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको छ ।

Vianet communication

निगमलाई घाटामा हुँदा कर नलिने र नाफा भएको बेला कर लिने गरी निर्णय आउन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । उनले कति कर घट्छ भन्ने विषयमा अब २ दिन धैर्य गर्न पनि अनुरोध गरे ।

आयल निगम घाटामा भए पनि सरकारले विभिन्न प्रकारका शुल्क तथा कर लगाउने गरेको छ ।

आयल निगमले ८ जेठमा जारी गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० मा बेच्दा १४.६४ रूपैयाँ, डिजेल १६३ मा बेच्दा २६.८२ रूपैयाँ प्रतिलिटर घाटा छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पनि १८ सय रूपैयाँमा बेच्दासमेत ८७९.७५ रूपैयाँ घाटा छ ।

निगमलाई पछिल्लो मूल्यअनुसार १५ दिनमै ३ अर्ब ३५ करोड रूपैयाँ घाटा रहेको उल्लेख छ । सरकारले पेट्रोलमा ६३.२३ रूपैयाँ र डिजेल ४५.९१ रूपैयाँ र ग्यासमा ३२७.३७ रुपैयाँ र मट्टितेलमा १३.६६ रूपैयाँ कर लिइरहेको छ । 

सरकारले लिने यस्तो कर भन्सार शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर र मूल्य स्थिरीकरण कोषको शुल्क गरेर लिने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x