×

NMB BANK
NIC ASIA

गरमागरम राजनीति

नयाँ समीकरणको रस्साकस्सी– वाम तालमेलको प्रयासदेखि प्रधानमन्त्री कार्डको चर्चासम्म

जेठ २०, २०७९

NTC
Premier Steels

राजनीतिको मुख्य मैदान संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि गरमागरम बहस चलिरहेको छ ।

Muktinath Bank

आवरणमा सम्पूर्ण राजनीति नै बजेटमा केन्द्रित भएजस्तो देखिए पनि राजनीतिक दलहरू भने नयाँ राजनीतिक समीकरणको आन्तरिक रस्साकस्सीमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह निर्वाचनको नतिजापछि संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आसन्न संसदीय चुनावलाई लिएर बढी नै पिरोलिएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय चुनावमा अपेक्षा गरेभन्दा कमजोर नतिजा प्राप्त गरेको एमालेले संसदीय चुनावमा सके वामपन्थी तालमेल गर्ने, नभए मधेशकेन्द्रित दलहरूसँग भए पनि गठबन्धन बनाएर जाने प्रयास गरिरहेको छ ।

Vianet communication

एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशकेन्द्रित दुई ठूला दलहरू जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भलाकुसारी गरेका छन् । 

जेठ ८ मा उपेन्द्र यादवसँग भेटेका ओलीले जेठ १९ मा महन्थ ठाकुरलाई बालकोटमा स्वागत गरेका थिए ।

ओली र महन्थको भेटवार्तामा मधेशमा एमाले र लोसपाले गरेको चुनावी तालमेलको विषयमा सामान्य समीक्षा भएको र आगामी दिनमा हुनसक्ने राजनीतिक सहकार्यका बारेमा छलफल भएको महन्थनिकट स्रोतले बताएको छ । 

मधेश प्रदेशमा बढेको एमालेप्रतिको आकार्षणलाई वर्चश्वमा पुर्‍याउने प्रयासका लागि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशकेन्द्रित दलहरूलाई प्रयोग गर्न खोजेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । स्थानीय तह चुनावको नतिजाले मधेशमा एमालेको अवस्थामा व्यापक सुधार आएको देखिएको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा र लोसपा एकीकरणको आह्वान गरिरहेका बेलामा यादव र महन्थसँग ओलीले पालैपालो भेट गर्नु अर्थपूर्ण रहेको विश्लेषण राजनीतिज्ञहरूले सुनाउने गरेका छन् ।

एमालेका दोस्रो तहका नेताहरू भने आगामी संसदीय चुनावमा वामपन्थी तालमेल गरेरै जानुपर्ने पक्षमा छन् । एमालेको केन्द्रीय सचिवालयमै रहेका एक नेता भन्छन्, ‘जित्नका लागि चुनावमा जाने हो, अहिलेको अवस्थामा पुनर्विचार गर्नुपर्छ । एमालेविरुद्ध सबै गठबन्धन हुँदा हामी हार्नका लागि मात्रै चुनावमा सहभागी हुने हो ।’

विगतमा भएका गल्ती कमजोरी आत्मसमीक्षा गरेर वामपन्थी पार्टीहरूको मोर्चा बनाएर संसदीय चुनावमा सहभागी हुनुपर्ने ती नेताको भनाइ छ । पार्टीबाट विभाजित भएर गएका नेताहरूलाई फर्किने वातावरण बनाउनुपर्ने र माओवादी केन्द्रसँग तालमेल गरेरै चुनावमा जाने गरी तयारी थालिहाल्नुपर्ने उनले बताए । 

प्रधानमन्त्री कार्डको चर्चा 

एमालेले वामपन्थी तालमेलको वातावरण बनाउनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड देखाएको चर्चा छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमा नै प्रधानमन्त्रीका लागि अफर आइरहेको बताएका छन् । स्थानीय तह चुनावमा नवनिर्वाचित आफ्ना पार्टीसम्बद्ध जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीवार सुर्खेत पुगेका नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको तर, लालचमा नफस्ने बताएका थिए । तर, उनलाई कसले प्रधानमन्त्रीको अफर गरेको हो भन्ने चाहिँ नेपालले खुलाएनन् । 

‘प्रधानमन्त्रीको कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका हो । म कुनै प्रकारको लालच पर्ने मान्छे हैन,’ नेपालले भनेका थिए । अहिले सत्तारूढ गठबन्धन कायम रहने भन्दै नेपालले गठबन्धनमा आत्मालोचनासहित चुनावी समीक्षा भएको र संघ तथा प्रदेशको चुनावमा पनि सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुने बताए ।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रत्यक्ष, परोक्ष रूपमा प्रधानमन्त्रीको अफर आएको बताएका छन् । भर्खरै प्रकाशित भएको एक अन्तर्वार्तामा प्रचण्डले अहिले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । 

अहिलेकै गठबन्धन कायम रहने र प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा प्रदेश र संघको चुनाव हुने प्रचण्डको भनाइ छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने एमाले सत्ता परिवर्तनको चलखेलमा नरहेको दाबी गरेका छन् । 

बिहीवार राति फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले एमाले अहिले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटेको बताएका छन् ।

उनले लेखेका छन्, ‘यतिबेला नेकपा(एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’

एमालेले माधव नेपाल र प्रचण्डलाई पालैपालो प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक चर्चा हुन थालेपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

वामपन्थी तालमेलको प्रयास सफल नभए अहिलेको सत्ता गठबन्धनलाई भत्काउने प्रयासमा एमाले लागेको छ ।

त्यसैका लागि मधेशकेन्द्रित दलका नेताहरूसँग एमाले नेतृत्वले संवाद गरिरहेको एमालेकै नेताहरू स्वीकार्छन् ।

तर, मधेशकेन्द्रित दल जसपा र लोसपा एकीकरण पनि अहिले एमाले र माओवादी पार्टीकै अवस्थामा छ ।

एमाले र माओवादीबीच अहिल्यै पार्टी एकताको सम्भावना नरहेजस्तै मधेशकेन्द्रित दुई दलका बीचमा पनि एकीकरण सहज नभएको मधेश राजनीतिका जानकारहरू बताउँछन् । 

विशेषगरी, लोसपाका नेताहरू जसपाका अध्यक्ष उपेन्द्र यादव बाहेकसँग मात्रै एकता गर्न चाहन्छन् । एमाले माओवादी केन्द्रको सहकार्यमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीबाहेक एमालेका नेताहरूसँग सहकार्य गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

सत्तारूढ गठबन्धन भत्काउने र वामपन्थी गठबन्धन बनाउने दलहरूको आन्तरिक प्रयास अहिले असाध्यै तरल अवस्थामा छ । यो प्रयास वर्षायामको झरीसँगै बगेर जाने हो वा निश्चित आकार ग्रहण गर्ने हो भन्ने पटाक्षेप हुन केही समय लाग्ने देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x