×

NMB BANK
NIC ASIA

मालपोत कर्मचारीको कर्तूत : नक्कली जग्गाधनी खडा गरेर अर्कैको जग्गा बिक्री

कात्तिक २०, २०७४

NTC
Premier Steels

काभ्रे, ५ साउन – जिल्ला मालपोत कार्यालय काभ्रेका कर्मचारीले नक्कली जग्गाधनी खडा गरेर अर्कैको जग्गा बेचिदिएका छन् ।

कर्मचारीहरूको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर घर समेत रहेको जग्गा बेचिएको हो ।
धुलिखेल नगरपालिका खड्पुमा रहेको सुकलाल सुवालको नाममा रहेको जग्गाधनीको जग्गा अर्कै सुकलाल सुवाल नाम गरेका व्यक्तिको नाममा नामसारी गरिएको हो ।

सक्कली सुकलालका बुवाको नाम जोगनारायण भएपनि मालपोत कार्यालयका कर्मचारीहरूले मालपोतमा रहेको ढड्डामा सक्कली सुकलालको बुवाको नाम परिवर्तन गरिदिएका हुन् ।

उनका बुवाको नाम मंगललाल बनाई नक्कली सुकलालको नाममा जग्गा नामसारी गरिएको फेला परेको हो ।
नक्कली जग्गाधनीको नाम सक्कली जग्गाधनीसँग मिलेपछि मालपोत कार्यालयका कर्मचारीले बाबु र बाजेको नाम नक्कली अनुसार नै परिवर्तन गराइदिएका हुन् ।

आफ्नो जग्गा अन्यत्रै बिक्री भएको थाहा पाएपछि पीडित सुकलालकी छोरीले संशोधन भएको कागजातसहितको मिसिल माग गरेकी थिइन् । तर मालपोत कार्यालयका कर्मचारीले मिसिल नभेटिएको भनेर उनलाई रित्तो हात फर्काइदिएका थिए ।

मालपोतले नै मिसिल गायब गरेपछि उक्त जग्गा कहिले र कुन कर्मचारीले किर्ते गरेर बेचिदिएको हो भन्ने स्पष्ट भएको छैन ।

यसरी मालपोत कार्यालयका कर्मचारीले किर्ते जग्गाधनी खडा गरेर लापरवाही गरेका हुन् । तर यो विषयलाई जिल्ला मालपोत कार्यालय काभ्रेका प्रमुख जयन्त कुमार भट्टराईले सामान्य मानवीय त्रुटि भएको प्रतिक्रिया दिए ।
‘मालपोतमा दैनिक यस्ता समस्या आउँछन्, हाकिमले सबै कागजपत्र भएका फाइलमा सही गर्ने हो,’ उनले भने, ‘सबै कागजी प्रक्रिया पूरा भएका कारण उक्त जग्गाको नामसारी भएको हुनुपर्छ ।’

आफ्नो जग्गा बाबु बाजेको नाम संशोधन गरेर अर्कैलाई बेचिएको पाएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ ।

२०६४ साल भन्दा अगाडि नै सुकलालका बुवा जोगनारायणको नाममा रहेको श्रीखण्डपुर वडा नं. १ को कित्ता नं. १६९ र कित्ता नं १७० को जग्गामा किर्ते भएको हो । दुईवटा कित्तामा गरेर करीब आधा रोपनी जग्गामा रहेको घरसमेत रहेको छ ।


जग्गामा कायम सुकलाल सुवालका बुवा जोगनारयण सुवाललाई संशोधन गरी मंगललाल गराइएको हो ।
यही संशोधनको निर्णयले जग्गा मंगललालको छोरा सुकलालले प्राप्त गरेका छन् । यही जग्गालाई मालपोत कार्यालयको २०७० साल १० महिना २२ गते मिसिल नं. ४३४ को निर्णयबाट मंगललालकी बुहारी सविता सुवालले प्राप्त गरिन् ।

फेरि मिति २०७१ साल मंसिर महिना २४ गते सविता सुवालको नाउँबाट उक्त जग्गा उग्रतारा गाविस वडा नं. ६ बस्ने श्यामसुन्दर थापाको नाउँमा बिक्री भएको छ ।

यसरी मालपोत कार्यालयभित्रैबाट आफ्ना बुवाको नाममा रहनुपर्ने जग्गा अर्कैको नाममा नामसारी गर्दै बिक्रीवितरण गरिएको विषय सक्कली जग्गाधनी सुवालका परिवारले चाल पाएनन् ।

अहिले दुवै सुकलाल सुवालहरूको मृत्यु भइसकेको छ । आफूले भोगचलन गर्दै आइरहेको जग्गामा एकाएक श्यामसुन्दर थापाले जग्गा छोड्न उर्दी जारी गरेपछि सक्कली जग्गाधनी सुकलाल सुवालकी छोरी नानीमैया ख्वन्जु अचम्ममा परिन् ।

हजुरबुवाको नाम परिवर्तन गरी आफ्नो बाबुको नाममा रहेको जग्गा बिक्री भएपछि उनी अहिले प्रहरी कार्यालय, मालपोत र कानूनी परामर्शका लागि दौडधूपमा रहेकी छन् ।

मालपोत कार्यालय स्रोतका अनुसार अहिले राति राति कर्मचारीहरू उक्त विषयका कागजपत्र मिलाउन काममा खटिएका छन् ।

मिसिल नै गायब

मालपोत कार्यलय काभ्रेमा अहिले जग्गाको प्रमाण राख्ने २९ ओटा मिसिलहरू नै गायब पारिएका छन् । कर्मचारीको मिलेमतोमा मिसिल हराइएको हो ।

मिसिल खोज्ने क्रममा उक्त मिसिल हराएको तथ्य फेला परेको हो । मालपोत कार्यालयका एक कर्मचारीका अनुसार पैसाको खेलले गर्दा मिसिल नै गायब पारिएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x