मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
जेठ ३०, २०७९
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
नक्कली फाइल प्रकरण बाहिरिएपछि सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिको प्रतिवेदन अनुसार सहकारीका धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्टलाई स्पष्टीकरण सोधिएको थियो । जोशी र भट्टको कार्यसम्पादन नियमसंगत नदेखिएपछि उनीहरूलाई धनगढी मुख्य बैंकिङ कार्यालयमा तानिएको सहकारीका उपाध्यक्ष चेतराज ओझाले जानकारी दिए ।
मुख्य बैंकिङ कार्यालयमा तानिएका उनीहरूलाई दैनिक जिम्मेवारीबाट मुक्त गरिएर जगेडामा राखिएको छ । जोशी र भट्टले सहकारीका नक्कली फाइल प्रमाणीकरण तथा सदर गरेको भेटिएको छ ।
लोकान्तरले नवजीवन सहकारीको नक्कली फाइलबारे पर्दाफास गरेपछि सहकारीले सोमवार पुनः जोशी र भट्टलाई दोस्रो पटकसहित १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले बताए । पहिलो पटकको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि दोस्रो पटक स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।
नवजीवन सहकारीमा नक्कली फाइलको धन्दा, एकै परिवारका ७ जनालाई डेढ करोड दिएपछि तनाव !
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...