×

NMB BANK
NIC ASIA

रासायनिक मलमा कालोबजारी : प्रतिकिलो ५० पर्ने मल १०० रुपैयाँमा बेच्दै व्यापारी

जेठ ३१, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

रोपाइँ गर्ने बेलामा किसानले रासायनिक मलको अभाव झेलिरहेका छन् ।

Muktinath Bank

सरकारको लापरवाहीका कारण यस वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको छ । मकैखेती र चैतेधानको सिजनमा समेत मल अभाव खेपेका किसानले बर्खे धानका लागि बिउ राख्दा समेत मल अभाव भोगेका छन् । रोपाइँ गर्ने सिजनमा पनि मल आउने निश्चित छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७० सालदेखि नै रासायनिक मलको अभाव खेप्दै आएको विराटनगर–१९ का किसान शान्तिप्रसाद घिमिरे बताउँछन् । ‘सरकारले खेती गर्ने सिजनमा मल दिँदैन,’ उनले भने, ‘कालोबजारी गरेर ल्याएको मल महंगो पैसा तिरेर किन्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

प्रतिकिलो ५० रुपैयाँ पर्ने मल किसानले १०० रुपैयाँमा तिर्न बाध्य भएका छन् । झापाबाट १०० रुपैयाँ हालेर मल किनेको बेलबारीका कृषक माधव पोख्रेलले बताए । ‘झापाको अर्जुनधाराको शनिश्चरेबाट प्रतिकिलो १०० रुपैयाँ तिरेर मल ल्याएँ,’ उनले भने, ‘त्यहाँ पनि प्रशस्त पाइएन । मल ल्याउने कम्पनीहरू मल छैन भन्छन् तर व्यापारीले मल लुकाएर बेच्ने गरेका छन् ।’

Vianet communication

समयमै मल हाल्न नपाउँदा रोप्ने बेला हुन लागेको धानको बिउ ब्याडमै सुक्न थालेको विराटनगर–१९ की टंकादेवी काफ्लेले बताइन् । ‘मकै रोप्दादेखि नै मल खोज्यौं, थन्क्याउने बेलासम्म पनि मल पाइएन । धानको बिउ राख्दादेखि रासायनिक मलको खोजी गर्‍यौं,’ उनले भनिन्, ‘मकै जस्तै धान थन्क्याउँदा मात्रै मल आउँछ जस्तो लाग्न थाल्यो ।’

नेपालमा आधिकारिक रूपमा रासायनिक मल आयात गर्न २ वटा कम्पनीले अनुमति पाएका छन् तर मुख्य सिजनमा सधैं मल अभाव हुनुमा सरकारी संस्थाकै कमजोरी देखिन्छ । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले मल आयात गर्छन् तर कृषकलाई मल दिन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड १ नम्बर प्रदेशमा १ हजार २०० मेट्रिक टन पोटास र ८५० मेट्रिक टन डीएपी मल मौज्दात छ । साल्ट ट्रेडिङसँग मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीमा पनि युरिया मल छैन । भएकै मल पनि कृषि सामग्री कम्पनी लिमिटेडले बाँड्न चासो देखाएको छैन । 

मागअनुसार मल नभएकै कारण वितरण गर्न समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय १ नम्बर प्रदेशका प्रमुख नरेशकुमार सापकोटाले बताए । ठेकेदारले समयमै मल नल्याइदिएका कारण समस्या भएको उनले बताए । भएको मल असारको दोस्रो हप्तादेखि वितरण गरिने उनले बताए । 

भारतसँग सीमा जोडिएका क्षेत्रबाट मल ल्याएर बिचौलियाले मल बेच्ने गरेको कृषकले आरोप लगाएका छन् । साइकलमा मल ल्याएर कालोबजारी गरेको सूचना बढेकाले सीमा नाकामा कडाइ गर्न थालिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट मल ल्याएर कालोबजारी गर्ने गिरोह सक्रिय भए पनि सम्बन्धित निकाय मौन छ । अवैध रूपमा ल्याएको ३० बोरा रासायनिक मल नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 

प्रदेशको कृषि मन्त्रालयका अनुसार १ नम्बर प्रदेशमा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती लगाइन्छ । बर्खे खेती लगाउनका लागि मात्रै १६ हजार मेट्रिक टन डीएपी र सोही अनुसारको युरिया र पोटास आवश्यक पर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

प्रदेशलाई अन्न भण्डारका रूपमा चिनिन्छ । मल अभाव हुँदा उत्पादनमा गिरावट आउने कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारी बताउँछन् । हरेक मल अभाव हुँदा किसान चिन्तित बन्ने गरेका छन् । प्रदेशका पहाडी जिल्लामा जेठ अन्तिम हप्तादेखि र तराईका जिल्लामा असार पहिलो हप्तादेखि रोपाइँ शुरू हुन्छ ।

कृषिप्रधान देशका किसान कालोबजारीको मल किन्न बाध्य हुँदा पनि राज्य मौन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x