×

NIC ASIA

संसद् बैठक

अमेरिकी सैन्य गठबन्धनमा नेपाल सहभागी हुन लागेको हो ? संसदमा सरकारको जवाफ

जेठ ३१, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रहितविपरीत सरकारले कुनै सैन्य गठबन्धनमा जाने सम्झौता नगर्ने बताएका छन् । 

Muktinath Bank

चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) भने मानवीय र प्राकृतिक प्रकोप नियन्त्रणसम्बन्धी कार्यक्रम रहेको उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको प्रश्नको जवाफपछि सांसदले राखेका पूरक प्रश्नको जवाफमा मन्त्री खड्काले स्वाभिमानी सरकारले कुनै सैन्य गठबन्धनमा जाने निर्णय नगर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘अमेरिकी सेनाका जर्नेलको हालैको नेपाल भ्रमणपछि नेपाललाई सैन्य गठबन्धनमा लैजाने हो कि भन्ने आशंका गरेको देखियो । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम मानवीय सहयोग, प्राकृतिक प्रकोपबाट उद्धार गर्ने कार्यक्रम हो । यो कुनै सन्धि होइन, अस्थायी खालको कन्सेप्ट हो । सैन्य अलाइन्स होइन, पार्टनरसिप प्रोग्राम हो,’ मन्त्री खड्काले भने । 

Vianet communication

मन्त्री खड्काले नेपाल सैन्य गठबन्धनमा फस्न लाग्यो भन्ने कुरा सत्य नभएको बताए । ‘कांग्रेस नेतृत्वको सरकार त्यतिकै स्वाभिमानी, देशभक्त छ जति विगतका दिनका सरकार थिए । सैन्य गठबन्धनमा जान लाग्यो भन्ने यस्ता सनसनीपूर्ण विषय कुरा उठाइएको छ । स्वाभिमानी देशको राष्ट्रवादी, देशभक्त र देशको हितमा काम गर्ने सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन,’ मन्त्री खड्काले भने ।

सांसदहरूले सरकार एसपीपीमार्फत् अमेरिकी सैन्य गठबन्धनमा आबद्ध हुन लागेको हो भनी प्रश्न गरेका थिए । 

‘हल्लाको आधारमा नजाऔं, राष्ट्रवादी, देशभक्त सरकारले के ठीक, के गलत भन्ने कुरा विश्लेषण गरेर निर्णय गर्छ । देशको हितमा नहुने कुरा कल्पना पनि गर्न सकिँदैन,’ मन्त्री खड्काले भने, ‘विश्वासका साथ निवेदन गर्न चाहन्छु, प्रधानसेनापतिको अमेरिका भ्रमण विगतको जस्तै नियमित भ्रमण हो । यो भ्रमणमा कुनै सम्झौता गर्ने कुरा कल्पना बाहिरको कुरा हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x