×

NMB BANK
NIC ASIA

हलमा चलिरहेको ‘चिसो मान्छे’ले कस्तो गर्दैछ कमाइ ?

असार ६, २०७९

NTC
Premier Steels

शुक्रवारदेखि स्वस्तिमा खड्का र अर्पण थापा अभिनित चलचित्र ‘चिसो मान्छे’ हलमा प्रदर्शनरत छ ।

Muktinath Bank

दीपेन्द्र के. खनालद्वारा लिखित एवं निर्देशित चलचित्रले प्रदर्शनअगावै राम्रो ‘हाइप’ बनाएको थियो । यद्यपि चलचित्रको शुरुवाती व्यापार भने ‘औसत’ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रले पहिलो सप्ताहन्तमा १ करोड ३० लाख ७५ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ । वितरक करण क्रेजीका अनुसार चलचित्रले शुक्रवार ४१ लाख, शनिवार ६२ लाख ७५ हजार र आइतवार २७ लाख ग्रस कमाइ गरेको छ । सोमवार चलचित्रको अकुपेन्सी ५० प्रतिशत छ । 


Advertisment
Nabil box
Kumari

वितरक क्रेजीले चलचित्रको शुरूवाती व्यापारलाई राम्रो भन्न नसकिने स्वीकार्दै दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको कारण आगामी दिनमा व्यापार बढ्दै जाने विश्वास व्यक्त गरे । ‘दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया मिलेको छ । हलबाट निस्कने बेला कतिपय दर्शकले चिसो मान्छे २ कहिले बन्छ भनेर सोध्नुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘यो इनिसियल रुपमा बम्पर व्यापार गर्ने खालको चलचित्र होइन । वर्ड अफ माउथका कारण आगामी दिनमा यसको व्यापार बढ्दै जानेछ । हामी त्यही विश्वासमा छौं ।’

Vianet communication

आगामी साता चलचित्रले अझ राम्रो व्यापार गर्न सक्ने वितरक क्रेजीले बताए । उसो त निर्देशन खनालका अघिल्ला चलचित्रहरू ‘पशुपतिप्रसाद’ र ‘आमा’ले पनि वर्ड अफ माउथका कारण पहिलो साताभन्दा दोस्रो सातामा बढी कमाइ गरेका थिए । ‘चिसो मान्छे’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रमा स्वस्तिमा र अर्पणका साथमा देशभक्त खनाल, अशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको अभिनय छ ।

यात्राको कथामा ‘चिसो मान्छे’ निर्माण भएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारीमा मृत्यु भएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा चलचित्रमा समेटिएको छ । 

डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई निर्देशक खनालले नै छायाँकन गरेका हुन् भने दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x